८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा विशेष पूजाअर्चना

अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पुगेर विधिपूर्वक पूजाअर्चना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु भवानी मन्दिरबाट ल्याइएको टीका, जमरा तथा विशेष प्रसाद ग्रहण गरेका हुन् । बडादसैँको समापनका दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गर्ने ऐतिहासिक तथा सांस्कृतिक परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल आइतबार अपराह्न भक्तपुर पुगेका हुन् ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले स्वागत गरेका थिए । पूजाअर्चनाका अवसरमा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाचसहित विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति पौडेलले ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीलगायतका देवीदेवताको विशेष दर्शन तथा अवलोकन गरेका थिए । सो अवसरमा उनले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणलाई परम्पराअनुसार दक्षिणासमेत प्रदान गरेका थिए ।

त्यसैगरी, मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई ऐतिहासिक तलेजु भवानी मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा विशेष प्रसाद प्रदान गरेका थिए । भक्तपुरको नवदुर्गा परम्परा स्थानीय धार्मिक आस्था, मौलिक संस्कृति तथा ऐतिहासिक पहिचानसँग जोडिएको छ । विशेषगरी नवदुर्गा नाच र देवगणको पूजाअर्चनाले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत धार्मिक अभ्यासलाई निरन्तरता दिँदै आएको छ ।

राष्ट्रप्रमुखको सहभागितामा हुने यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले मुलुकको ऐतिहासिक परम्परा र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनको महत्त्वलाई समेत उजागर गर्ने गरेका छन् ।

0 Comments