८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई थप एकताबद्ध बनाउँदै जनताको विश्वास जित्छौँ : महामन्त्री पौडेल

अ अ+ अ-

तनहुँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् ।

नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले काँग्रेस रूपान्तरण भएको अनुभूति जनतालाई दिलाउने बताए । उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

“बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,” उनले भने, “कांग्रेससँग असन्तुष्ट जनतालाई पुन: आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ ।” महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे । कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रूपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो ।

सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए । कांग्रेस सरकारको स्थिरताका पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरे निरन्तर खबरदारी गर्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले चाडपर्वले एकता र सद्भावको भावना विकास गर्ने बताए ।

0 Comments