काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिबाहेकका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम तय गरेको हो।
निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै महाधिवेशनबाट निर्वाचित सबै सम्बन्धित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई निर्धारित समयमा शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको छ।




