९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एनपीएलमा जुनसुकै टोलीले जिते पनि नेपाली क्रिकेटकै जित हुनेछ’ : मन्त्री गौतम

अ अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास र युवा खेलाडीको भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेकी छन्।

सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मन्त्री गौतमले प्रतियोगितामा जुनसुकै टोली विजयी भए पनि त्यसलाई समग्र नेपाली क्रिकेटको उपलब्धिका रूपमा लिनुपर्ने बताएकी हुन्।

‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई हार्दिक शुभकामना  मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ,’ उनले उल्लेख गरेकी छन्।

मन्त्री गौतमले सरकारले निजी क्षेत्रका लागि उपयुक्त वातावरण निर्माण गरिदिए खेलकुद क्षेत्रको सम्भावनालाई आर्थिक तथा व्यावसायिक अवसरमा रूपान्तरण गर्न सकिने बताएकी छन्। एनपीएलले निजी क्षेत्रको सहभागितामार्फत खेलकुदलाई राष्ट्रिय उत्सवका रूपमा विकास गर्न सकिने उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ।

सरकारको सहजीकरण र निजी क्षेत्रको सक्रियताबीचको सहकार्यले सम्भावनालाई उद्योग, प्रतिभालाई अवसर र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्ने धारणा उनले व्यक्त गरेकी छन्।

उनले एनपीएललाई देशका विभिन्न क्षेत्रका प्रतिभावान् खेलाडीले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा चित्रण गरेकी छन्।

‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ,’ मन्त्री गौतमले भनेकी छन्।

एनपीएलको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले थप उचाइ हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै उनले प्रतियोगितामा सहभागी सबै टोली, खेलाडी, आयोजक तथा सम्बद्ध पक्षलाई सफलताको शुभकामना दिएकी छन्।

0 Comments