११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलाशययुक्त जलविद्युत् आयोजना विकासमा लगानी र प्रविधि भित्र्याउन इप्पानको आह्वान

अ अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ठूला जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि अन्तर्राष्ट्रिय लगानी, आधुनिक प्रविधि र प्राविधिक सहकार्य विस्तार गर्न आह्वान गरेको छ।

क्यानडामा आयोजित क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ट्रेड सोमा सहभागी इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले नेपालको जलविद्युत् क्षेत्रमा रहेका सम्भावना प्रस्तुत गर्दै क्यानडासहित अन्तर्राष्ट्रिय लगानीकर्ता, आयोजना विकासकर्ता र प्राविधिक संस्थाहरूलाई सहकार्यका लागि आग्रह गरेका हुन्।

सम्मेलनलाई सम्बोधन गर्दै डाँगीले विशेष गरी जलाशययुक्त आयोजना निर्माण, बाँध इन्जिनियरिङ, जलविद्युत् प्रविधि, ऊर्जा भण्डारण र जलवायु परिवर्तनका जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासमा क्यानडाको अनुभव नेपालका लागि उपयोगी हुने बताए। नेपालमा जलविद्युत् उत्पादनको पर्याप्त सम्भावना रहे पनि ठूला जलाशययुक्त आयोजना विकासका लागि लगानी, प्रविधि र प्राविधिक दक्षताको आवश्यकता रहेको उनको भनाइ थियो।

नेपाल र क्यानडाबीच सुरक्षित, दिगो तथा जलवायु अनुकूल जलविद्युत् पूर्वाधार निर्माणमा दीर्घकालीन साझेदारीको अवसर रहेको उल्लेख गर्दै डाँगीले नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार र आधुनिक प्रविधिको उपयोगमा अन्तर्राष्ट्रिय सहकार्य महत्त्वपूर्ण हुने बताए।

अध्यक्ष डाँगीले नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य अघि सारेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीको भूमिका महत्त्वपूर्ण हुने बताए। उनका अनुसार नेपालको हालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४।३ गिगावाट पुगेको छ। यसमध्ये ८० प्रतिशतभन्दा बढी क्षमता निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान रहेको उनले दाबी गरे।

सरकारले निर्धारण गरेको उत्पादन लक्ष्य हासिल गर्न थप ठूलो परिमाणमा विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने भएकाले आयोजना निर्माणसँगै प्रसारण पूर्वाधार र विद्युत् बजार विस्तारमा पनि लगानी आवश्यक रहेको उनको भनाइ थियो। उनले नेपालको बढ्दो आन्तरिक विद्युत् माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा निर्यात विस्तार गर्ने अवसर रहेको बताए।

उत्पादन, प्रसारण र अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधार विकासमार्फत नेपालले १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारीसमेत उनले सम्मेलनमा गराए। नेपालको जलविद्युत् सम्भावनाबारे चर्चा गर्दै डाँगीले जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा गरेको आकलनलगायत विभिन्न अध्ययनहरूले देशमा २०० गिगावाटभन्दा बढी विद्युत् उत्पादनको प्राविधिक सम्भावना देखाएको बताए।

उनले नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त तथा पम्प्ड स्टोरेज प्रकृतिका आयोजना विकास गरेर नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा आपूर्तिको महत्त्वपूर्ण केन्द्र बनाउन सकिने धारणा राखे।

नेपालमा जलविद्युत् विकासमा निजी क्षेत्रको सहभागिता सन् १९९९ देखि सुरु भएको उल्लेख गर्दै उनले सन् २००१ मा स्थापित इप्पानले निजी लगानी प्रवर्द्धन र ऊर्जा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएको बताए।

अन्तर्राष्ट्रिय लगानी तथा प्राविधिक साझेदारीका लागि सम्भावना रहेका ठूला आयोजनाहरूको उदाहरण प्रस्तुत गर्दै डाँगीले ७६२ मेगावाटको तमोर जलाशय, ६७० मेगावाटको दूधकोशी जलाशय, एक हजार २०० मेगावाटको बूढीगण्डकी जलाशय र एक हजार ६० मेगावाटको माथिल्लो अरुण आयोजनाको चर्चा गरे।

यी आयोजनासहित विकासका विभिन्न चरणमा रहेका अन्य जलविद्युत् आयोजनामा लगानी व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण र आधुनिक प्रविधिको प्रयोगमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताए। विशेष गरी जलाशययुक्त आयोजनाले विद्युत् उत्पादनसँगै ऊर्जा भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा भूमिका खेल्न सक्ने भएकाले यस्ता आयोजनाको विकासलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

डाँगीले जलविद्युत् आयोजना निर्माण गर्दा बाँध सुरक्षा, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र पूर्वाधारको दीर्घकालीन दिगोपनलाई विशेष ध्यान दिनुपर्ने बताए। उनले क्यानडासँग रहेको बाँध इन्जिनियरिङ तथा जलवायु उत्थानशील पूर्वाधार विकाससम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गरे।

नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत् पहुँच पुगेको जानकारी दिँदै उनले जलविद्युत् क्षेत्रले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, जीवनस्तर सुधार र स्वच्छ ऊर्जा व्यापारमा योगदान पुर्‍याइरहेको बताए। क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउन सके नेपाल दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुन सक्ने उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, अनुसन्धानकर्ता तथा प्राविधिक विज्ञहरूलाई नेपालमा आयोजना विकास, प्रविधि हस्तान्तरण, अनुसन्धान, व्यावसायिक तालिम र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य गर्नसमेत उनले आग्रह गरे।

‘टाइड्स अफ चेन्ज’ अर्थात् ‘परिवर्तनका लहरहरू’ भन्ने मूल विषयमा आयोजित सम्मेलनले बाँध सुरक्षा, जलवायु अनुकूलन र दिगो जलविद्युत् विकासका अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको डाँगीको भनाइ थियो।

सम्मेलनमा इप्पानका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त सिकाइ तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।

0 Comments