११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

अ अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । 

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्य-तथ्यबिनाका सूचनाले आम नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपालले अवलम्बन गरेको श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ ।

दुवै देशबीचको संवादमार्फत यस विषयलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने पक्षमा नेपाल सरकार रहेको प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ । नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौता विपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको भनाइ छ । नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित तथा पारस्परिक हितमा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, निष्पक्ष कामदार छनोट तथा भर्ना प्रणाली सुनिश्चित गर्ने विषयमा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालको संविधान, कानुनी व्यवस्था तथा नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौतासमेतका आधारमा दुवै सरकारलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।

0 Comments