बारा । सशस्त्र प्रहरी बल, नेपालले बाराको विश्रामपुर गाउँपालिका–१, खेखरिया स्थित सीमावर्ती क्षेत्रबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ।
बिहीबार सशस्त्र प्रहरी बल, नेपाल बिओपि बरैनियाबाट खटिएको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका लत्ताकपडा तथा सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलसहितको कुल मूल्य रु.६ लाख ४६ हजार ७५० रहेको छ।
अवैध चोरी पैठारीका बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।




