काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको रिहाइ माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतको आजको पेसी सूचीमा पहिलो नम्बरमा परेको छ ।
भट्टका तर्फबाट दायर निवेदन न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासको ‘क’ सूचीमा पहिलो नम्बरमा राखिएको हो ।
भट्टका बुबा चतुर्भुज भट्टले छोरालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असोज ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए ।
धितोपत्र कारोबारसम्बन्धी प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए ।




