१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल आफैँमा एउटा ठूलो स्टुडियो हो’ : हरिवंश आचार्य

अ अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ फिल्म फेस्टिभल’लाई सम्बोधन गर्दै उनले नेपाललाई विश्वकै लागि एउटा खुला स्टुडियोका रूपमा व्याख्या गरेका हुन् ।

काठमाडौँ फिल्म फेस्टिभलको मञ्चबाट बोल्दै वरिष्ठ कलाकार आचार्यले चलचित्र क्षेत्रलाई थप व्यावसायिक र गौरवमय बनाउनुपर्नेमा जोड दिए। उनले काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नेपाली चलचित्र क्षेत्रलाई दिएको अभिभावकत्वको प्रशंसा गर्दै उनलाई ‘हिरो’को संज्ञा दिए। आचार्यकाअनुसार नेपालको भौगोलिक अवस्था र ऐतिहासिक सम्पदाहरू फिल्म छायाङ्कनका लागि संसारकै उत्कृष्ट गन्तव्य बन्न सक्छन् । 

आचार्यले भने, ‘हामी मात्र हिरो होइनौँ, आफ्नो क्षेत्रबाट योगदान दिने हरेक व्यक्ति हिरो हुन् । आज सुनिता डंगोलजीले यो क्षेत्रका लागि जुन अभिभावकत्व निर्वाह गर्नुभएको छ, त्यो सराहनीय छ । प्रकृतिले नै सिर्जना गरिदिएको यो स्टुडियोमा हामीले कति काम गर्न सक्छौँ, त्यसैमा देशको प्रगति निर्भर रहन्छ ।’

उनले चलचित्रलाई विश्वले बुझ्ने साझा भाषाको रूपमा उल्लेख गर्दै गौरवमय इतिहास बोकेका नेपाली चलचित्रहरू निर्माण गर्नुपर्ने दायित्व चलचित्रकर्मीहरूको काँधमा रहेको बताए। उनले काठमाडौं महानगरपालिकाले आयोजना गरेको यस फेस्टिभललाई हालसम्मकै वृहत् र गरिमामय कार्यक्रमको संज्ञा दिए । फेस्टिभलको सफलताका लागि खटिने सम्पूर्ण प्राविधिक र सहयोगी टिमप्रति कृतज्ञता व्यक्त गर्दै उनले यस कार्यक्रमले नेपाली चलचित्रको इज्जत र उचाई बढाएको बताए ।

खेलकुद र सङ्गीत जस्तै चलचित्र पनि राष्ट्रको पहिचानको बलियो आधार भएको भन्दै उनले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माणको अभियानमा लाग्न सम्पूर्ण चलचित्रकर्मीहरूलाई आह्वान गरे । 

0 Comments