१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री बालेनलाई बैठकमै बोलाएर निर्देशन दिन रास्वपालाई गगन थापाको आग्रह

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदीय दलको बैठकमै बोलाएर आवश्यक निर्देशन दिन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा राख्दै थापाले सरकारका विवादित निर्णय र गतिविधिको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै नभई सरकारको नेतृत्व गरिरहेको दलले समेत लिनुपर्ने बताए।

सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सत्तारूढ दलले सार्वजनिक वक्तव्य जारी गरेर मात्रै आफ्नो दायित्व पूरा गर्न नसक्ने धारणा राखे। सरकारका निर्णयमा प्रश्न उठेपछि संसदीय दलले प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने र आवश्यक निर्देशन दिएर सुधारको पहल गर्नुपर्ने उनको भनाइ थियो।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बसोस्। सम्माननीय प्रधानमन्त्रीलाई त्यहाँ बोलाइदिनुहोस्,’ थापाले भने, ‘त्यहाँ बैठकबाट निर्देशन दिने काम होस्। प्रधानमन्त्रीजीले त्यो निर्देशन बोकेर गएर सरकारले काम गरोस्। छानबिन होस्, परिणाम आओस्।’

थापाले पछिल्लो समय सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिले सीमा नाघेको टिप्पणी गर्दै त्यसको राजनीतिक जिम्मेवारी रास्वपाले लिनुपर्ने बताए। सरकारका सकारात्मक उपलब्धिको श्रेय पार्टीले लिने तर विवादित निर्णयको जिम्मेवारी प्रधानमन्त्रीमाथि मात्रै छाड्ने प्रवृत्ति उचित नहुने उनको तर्क थियो।

‘सरकारले राम्रो काम गरे रास्वपा अनि सरकारले नराम्रो काममा प्रश्न उठे त्यो चाहिँ प्रधानमन्त्री ?’ उनले प्रश्न गरे।

सरकार सञ्चालनमा पार्टीको भूमिका र जिम्मेवारी स्पष्ट हुनुपर्ने उल्लेख गर्दै थापाले विवादित घटनामा छानबिन गरेर परिणाम सार्वजनिक गर्नुपर्नेमा जोड दिए। सरकारका निर्णयप्रति उठेका प्रश्नको सम्बोधन गर्ने दायित्व सत्तारूढ दलकै हुने उनको भनाइ थियो।

उनले सरकारका कामकारबाहीको समीक्षा गर्दै आवश्यक सुधारका लागि प्रधानमन्त्रीलाई औपचारिक रूपमा निर्देशन दिन रास्वपालाई आग्रह गरे। सरकारको कार्यशैलीमाथि उठेका प्रश्नमा वक्तव्यभन्दा ठोस निर्णय, छानबिन र परिणाम आवश्यक रहेको थापाको भनाइ थियो।

0 Comments