१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नायब सुब्बासहित ६ जनाविरुद्ध पौने १० करोडको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा

मालपोतका नायब सुब्बा आचार्यविरुद्ध नौ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जन र नौ करोड १९ लाखको सम्पत्ति शुद्धीकरण आरोप, दुई छोरीलाई सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइयो।

अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आचार्यले पदको दुरुपयोग गरी नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको र विभिन्न आर्थिक कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ।

आयोगले आचार्यविरुद्ध सम्पत्ति शुद्धीकरणतर्फ छुट्टै नौ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको मागदाबी गरेको छ।

भूमिसुधार विभागअन्तर्गतका विभिन्न भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा आचार्यले पदको मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा आचार्य २०५४ माघ २ गते खोटाङको जिल्ला विकास समितिअन्तर्गत गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेको मितिदेखि २०८० मंसिर २१ गतेसम्मको आयव्यय परीक्षण गरिएको आयोगले जनाएको छ।

उक्त अवधिमा आचार्य र उनको एकाघर परिवारको तलबभत्ता, घरजग्गा बिक्री, बैंक ऋण, कृषि आम्दानी, ब्याज तथा अन्य वैधानिक स्रोतबाट कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा आम्दानी भएको पाइएको छ।

तर सोही अवधिमा घरजग्गा खरिद, व्यावसायिक लगानी, शेयर कारोबार, सवारीसाधन खरिद, विभिन्न व्यक्तिलाई दिइएको ऋण, अध्ययन खर्च तथा बैंक मौज्दातलगायतमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धान निष्कर्ष छ।

आम्दानी र खर्चबीचको अन्तरका आधारमा नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेको भन्दै आयोगले उक्त रकमलाई गैरकानुनी सम्पत्ति आर्जनको बिगो कायम गरेको हो।

पत्नीसहित चार जनाविरुद्ध कसुरमा संलग्नताको आरोप
आयोगले आचार्यकी पत्नी ललिता राजभण्डारीलाई गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा मतियार रहेको आरोप लगाएको छ।

राजभण्डारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनतर्फ नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा र सम्पत्ति शुद्धीकरणतर्फ नौ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको मागदाबी गरिएको छ।

त्यस्तै, भक्तपुरकी प्रभा बस्नेत र काठमाडौँकी कुमारी कटुवाललाई पनि दुवै कसुरमा मतियार रहेको आरोप लगाइएको छ। उनीहरूका हकमा ३८ लाख ८६ हजार १८२ रुपैयाँ आठ पैसा बिगो कायम गरी सजाय तथा रकम असुलउपरको माग गरिएको छ।

आचार्यका छोरीहरू निरु आचार्य र सरु आचार्यलाई भने सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको आयोगले जनाएको छ। उनीहरूविरुद्ध छुट्टै बिगो कायम गरिएको छैन।

घरजग्गा र व्यावसायिक कारोबारमार्फत रकम शुद्धीकरण गरेको दाबी
आयोगको अनुसन्धानमा आचार्यले काठमाडौँ, भक्तपुर र मोरङका विभिन्न स्थानमा घरजग्गा खरिदबिक्री, व्यावसायिक लगानी तथा शेयर कारोबारमार्फत गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउने प्रयास गरेको दाबी गरिएको छ।

विशेष गरी काठमाडौँ महानगरपालिका-१० को कित्ता नम्बर २२२ को घरजग्गा खरिद, कित्ता नम्बर १९४ को घरजग्गा कारोबार, गोठाटारमा जग्गा खरिदका लागि गरिएको बैना भुक्तानी, हलेसी डिपार्टमेन्ट स्टोरमा लगानी तथा मोरङका विभिन्न स्थानका जग्गा कारोबार अनुसन्धानको दायरामा परेका छन्।

आयोगले आठ करोड २६ लाख २० हजार २७४ रुपैयाँ ६७ पैसा बराबरको कसुरजन्य सम्पत्तिलाई विभिन्न आर्थिक कारोबारमार्फत शुद्धीकरण गरेको आरोप लगाउँदै सम्बन्धित कारोबारसमेतका आधारमा नौ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरेको हो।

आचार्य राष्ट्रसेवक कर्मचारी भएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम हुने सजायमा थप १० प्रतिशत सजायसमेत माग गरिएको छ।

0 Comments