१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा मन्त्रिपरिषद्का १६ बैठकबाट ४२१ निर्णय, कार्यान्वयनको नियमित अनुगमन (पुर्णपाठ)

प्रधानमन्त्री कार्यालयको प्रथम त्रैमासिक प्रगति विवरण सार्वजनिक, शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनमा समन्वय र सेवा प्रवाह सुधारका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन।

अ अ+ अ-

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा मन्त्रिपरिषद्का १६ वटा बैठकबाट ४२१ निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति विवरणमा उक्त तथ्यांक उल्लेख गरिएको छ।

कार्यालयका अनुसार यस अवधिमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ।

सरकारले अघि सारेका शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका लागि मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गर्ने, प्रगति समीक्षा गर्ने र आवश्यक निर्देशन दिने काम भइरहेको कार्यालयले जनाएको छ।

तीन महिनाको अवधिमा नेपाल सरकारका सचिवहरूको चारवटा बैठक बसेका छन्। ती बैठकबाट भएका निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको र कार्यान्वयन अवस्थाको निरन्तर अनुगमन भइरहेको प्रगति विवरणमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह सुधारमा जोड
सरकारले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवालाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउनसमेत निर्देशन दिएको छ।

सेवा प्रवाहमा देखिने अनियमितता, प्रक्रियागत जटिलता तथा ढिलासुस्ती न्यूनीकरणका लागि निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्न, सेवा प्राप्त गर्ने प्रक्रिया सरलीकरण गर्न र सेवाग्राहीको सहजीकरणका लागि सहायता कक्ष सञ्चालन गर्न निर्देशन दिइएको हो।

प्रधानमन्त्री कार्यालयले प्रशासनिक निर्णयको कार्यान्वयन र त्यसको नियमित समीक्षालाई पनि प्राथमिकतामा राखेको जनाएको छ। यसअन्तर्गत मन्त्रालय तथा निकायबीच समन्वय र अनुगमनमार्फत शासकीय सुधारका कार्यक्रम अघि बढाइएको विवरणमा उल्लेख छ।

सरकारले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति विवरणमा मन्त्रिपरिषद् र सचिव बैठकका निर्णय, शासकीय सुधारका कार्यसूची तथा सेवा प्रवाह सुधारसम्बन्धी पहल समेटिएका छन्।

प्रगति विवरण :

0 Comments