१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त, आवेदन दिएका २०९ जना बाहिरै

खुला आवेदन प्रक्रियामा सहभागी नभएका पाण्डेयलाई सरकारले सदस्य सचिव नियुक्त गरेको हो। उनी यसअघि पूर्वाधार विकास मन्त्रीका प्रमुख सल्लाहकार थिए।

अ अ+ अ-

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पाण्डेयलाई कोषको सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। 

सरकारले यसअघि कोषका पदाधिकारी नियुक्तिका लागि खुला आवेदन माग गरेको थियो। सदस्य सचिव पदका लागि मात्रै २०९ जनाले आवेदन दिएका थिए। तर, उक्त प्रक्रियामा सहभागी नभएका पाण्डेयलाई सरकारले नियुक्त गरेको हो। 

पाण्डेय यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा उनी सचिवालयमा रहेर काम गरेका थिए।

सिभिल इन्जिनियरिङमा स्नातक र भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका पाण्डेयसँग पूर्वाधार विकास, संरचनागत इन्जिनियरिङ तथा सहरी व्यवस्थापनको अनुभव छ।

उनले यसअघि काठमाडौँ महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। भवन निर्माण संहिता, संरचनागत सुरक्षा, भवनको प्राविधिक परीक्षण तथा विद्युतीय भवन निर्माण अनुमति प्रणालीको कार्यान्वयनमा समेत उनी संलग्न थिए।

सरकारले यसअघि असोज ३० गते लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको थियो। उनको नियुक्तिप्रति लुम्बिनी बचाउ महाअभियानका अभियन्ता तथा स्थानीयले विरोध जनाउँदै आएका छन्। उनको पनि आवेदन प्रक्रियाभन्दा बाहिरबाट निवेदनका आधारमा गरिएकोलगायत नियुक्ति प्रक्रिया, नागरिकता र आर्थिक कारोबारसम्बन्धी प्रश्न उठाउँदै प्रदर्शन भए पनि डोल्माले आफूमाथिका आरोप अस्वीकार गरेकी छन्। 

सरकारले गत वैशाख १९ गते जारी गरेको ‘सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ पछि लुम्बिनी विकास कोषका तत्कालीन पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि गत असारमा कोषका १२ पदका लागि आवेदन माग गरिएको थियो। यसअघि कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ कार्यरत थिए।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको संरक्षण र विकास कोषको प्रमुख जिम्मेवारी हो। अधुरो लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, सम्पदा संरक्षण, पूर्वाधारको गुणस्तर र पर्यटन व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारी अब नवनियुक्त सदस्य सचिव पाण्डेयको काँधमा आएको छ।

0 Comments