१८ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

एक जनाको मृत्यु र तीन जना घाइते भएको घटनाको कारण पहिचान गरी भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी।

अ अ+ अ-

काठमाडौँ। सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।

प्राधिकरणका निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरिएको हो।

मंगलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४, फेरिचेमा एयर डाइनेस्टीको ‘९एन-एओडी’ र फिस्टेल एयरको ‘९एन-एजेआर’ दर्ता नम्बरका हेलिकप्टर एकापसमा ठोक्किएका थिए।

बिहान करिब ८ बजेर १२ मिनेटमा अवतरणका क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो। घटनामा दुई पाइलट र एक यात्रु घाइते भएको प्रारम्भिक विवरण छ। 

दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको प्राधिकरणले जनाएको छ। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ उपत्यकास्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो।

प्राधिकरणले गठन गरेको समितिलाई दुर्घटनाको वास्तविक कारण तथा त्यसमा प्रभाव पारेका प्राविधिक र अन्य कारक तत्त्वको अध्ययन एवं विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ।

समितिले घटनाको विस्तृत छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना पुनः हुन नदिन अपनाउनुपर्ने सुरक्षा उपाय र सुधारका विषयमा सुझावसहित प्रतिवेदन पेस गर्नेछ।

प्रारम्भिक विवरणअनुसार एउटा हेलिकप्टर लुक्लाबाट र अर्को गोरक्षेपबाट फेरिचे पुगेको थियो। दुवै हेलिकप्टर अवतरण गर्ने क्रममा ठोक्किएका थिए। 

यसअघि प्राधिकरणले दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जनाउँदै छानबिनबाट प्राप्त तथ्य र निष्कर्षका आधारमा आवश्यक कानुनी तथा सुधारात्मक कदम चालिने स्पष्ट पारेको थियो। 

दुर्घटनाको वास्तविक कारण भने छानबिन प्रतिवेदन प्राप्त भएपछि मात्रै स्पष्ट हुनेछ।

0 Comments