१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहार र छठमा सुरक्षा व्यवस्था कडा, देशभर ५० हजार ४५८ प्रहरी परिचालन

सीमा नाकादेखि बजार र राजमार्गसम्म विशेष निगरानी, जुवातास, कालोबजारी, खाद्य मिसावट र पटका नियन्त्रणमा कडाइ; यात्रुका लागि ४०८ सहायता कक्ष स्थापना।

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न ५० हजार ४५८ प्रहरी परिचालन गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा जनशक्ति परिचालन र निगरानी बढाइएको छ। बजार, धार्मिक स्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा भिडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले चाडपर्वमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए। ती गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच र सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रको निगरानीसँगै तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ। 

यात्रु सुरक्षाका लागि ४०८ सहायता कक्ष
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई समेत प्राथमिकता दिएको छ। देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी एक हजार १६५ प्रहरी खटाइएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरी थप ७०५ जनशक्ति परिचालन गरिएको छ। 

लामो दूरीका सवारीसाधन छुट्नुअघि चालक अनुमति पत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक परीक्षणसम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ। लामो दूरीका सवारीमा दुई चालक राख्नुपर्ने व्यवस्थाको पालनामा पनि निगरानी बढाइएको छ। सीमा नाकाका सहायता कक्षबाट स्वदेश फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य दुर्व्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरीले जनाएको छ।

कालोबजारी र खाद्य मिसावटविरुद्ध संयुक्त अनुगमन
तिहारमा मिठाई, फूलमाला, पूजा सामग्री तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्न संयुक्त बजार अनुगमन अघि बढाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग समन्वय गरी बजार तथा भण्डारण स्थलमा निगरानी बढाइएको प्रहरी प्रवक्ता काफ्लेले बताए।

उनका अनुसार उपभोक्ता ठगी, खाद्य मिसावट र कालोबजारीसम्बन्धी उजुरीलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिनेछ। कानुन विपरीतका गतिविधिमा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। 

यसैगरी, पटका तथा अन्य विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार र बिक्री वितरण रोक्न सीमा नाका तथा भन्सार क्षेत्रमा जाँच कडा पारिएको छ। देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न र मादक पदार्थ सेवन गरी होहल्ला नगर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरीले लक्ष्मीपूजाका क्रममा दियो, मैनबत्ती र विद्युतीय सामग्री प्रयोग गर्दा आगलागीको जोखिमप्रति सतर्क रहनसमेत अनुरोध गरेको छ। विशेष गरी बालबालिकालाई पटका तथा प्रज्वलनशील पदार्थबाट टाढा राख्न, घर लामो समय खाली छाड्दा सुरक्षाको प्रबन्ध गर्न र यात्रासम्बन्धी व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न सुझाव दिएको छ।

चाडपर्वको सुरक्षा व्यवस्थापनमा नागरिकको सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रहरीले कुनै शंकास्पद गतिविधि, चोरी, लुटपाट, अवैध पटका कारोबार वा अन्य आपराधिक क्रियाकलाप देखिए तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा जानकारी दिन आग्रह गरेको छ।

0 Comments