२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सीता बादीद्वारा सुर्खेत रंगशालाको अनुगमन तथा निरीक्षण

अ अ+ अ-

​सुर्खेत । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन् । कर्णाली प्रदेशमा आयोजना हुने महाउत्सवका रूपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर पुगेकी हुन् । 

​अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिट र अन्य आवश्यक पूर्वाधारहरूको निर्माण तथा व्यवस्थापकीय प्रगतिको बारेमा सरोकारवालाहरूसँग विस्तृत जानकारी लिएकी छन् । 

 प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन खेलाडीहरूका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन र अन्य सेवा(सुविधाका विषयमा मन्त्री बादीले विशेष चासो व्यक्त गरेकी छन् । 

​राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेल क्षेत्रको समग्र विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएकी छन् । 

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको यस राष्ट्रियस्तरको प्रतियोगिताले यस क्षेत्रको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान स्थापित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। मन्त्री बादीले प्रतियोगिताको भव्य सफलताका लागि शुभकामना व्यक्त गर्दै कर्णालीवासीले यसलाई गौरवको विषयका रूपमा लिनुपर्ने बताएकी छन् । 

0 Comments