२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुन्दा र्‍याली, सभापति थापा सहभागी

काठमाडौँका भित्री बस्तीमा सांस्कृतिक झाँकीसहित र्‍याली, मौलिक पहिचान र परम्परा संरक्षणमा जोड

अ अ+ अ-

काठमाडौँ । नेपाल संवत् ११४७ को स्वागतमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले शनिबार राजधानीमा सुकुन्दा र्‍याली आयोजना गरेको छ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीमा कांग्रेस सभापति गगनकुमार थापा सहभागी भएका छन् ।

काठमाडौँको लगनटोलबाट सुरु भएको र्‍यालीमा सहभागीहरूले नेवार समुदायको परम्परागत सांस्कृतिक सामग्री सुकुन्दा बोकेर नगरका विभिन्न स्थानको परिक्रमा गरेका थिए ।

र्‍याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक र न्युरोड गेट हुँदै तेबहालसम्म पुग्ने गरी आयोजना गरिएको थियो । 

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, सांस्कृतिक अभियन्ता र सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले परम्परागत सांस्कृतिक पहिचान झल्काउने सामग्रीसहित नयाँ वर्षको स्वागत गरेका थिए ।

कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यका अनुसार नेपाल संवत् मनाउने समुदायको सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । 

नेपाल संवत् नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक संवत् हो । विशेषगरी नेवार समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् । नेपाल संवत्को सुरुवात शङ्खधर साख्वासँग जोडिएको ऐतिहासिक मान्यता छ ।

यस वर्ष नेपाल संवत् ११४७ आगामी कात्तिक २४ गते मंगलबारदेखि सुरु हुँदै छ । सोही दिन नेवार समुदायले म्हपूजा गर्ने परम्परा छ । 

नेपाल संवत्को पूर्वसन्ध्यामा आयोजित र्‍यालीमार्फत कांग्रेस महानगर समितिले काठमाडौँको परम्परागत सांस्कृतिक सम्पदा तथा ऐतिहासिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने सन्देश दिएको छ ।

0 Comments