२७ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौँ महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । 

यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रवार काठमाडौँ महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका भगवान र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।

उनकाअनुसार महानगरपालिकाले यसअघि कूटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न संघ-संस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । 

आगामी दिनमा यस्ता प्रयासलाई थप औपचारिक र व्यवस्थित बनाइनेछ । सम्पदा संरक्षण गर्नु भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु पनि भएको डंगोलको भनाइ छ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती सम्पदा कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उहाँले बताइन् । 

यसका लागि महानगरले सम्पदाको विस्तृत अभिलेखीकरण, तस्बिर, श्रव्यदृश्य सामग्री तथा आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ । विगतका केही अभ्यासले एउटा तस्बिरकै आधारमा चोरी भएको सम्पदाको वास्तविक स्थान पहिचान गरी फिर्ता ल्याउन र पुन:स्थापना गर्न सहयोग पुगेको उनले उल्लेख गरिन्। डंगोलले महागौरीको मूर्ति फिर्ता ल्याएर पुन:स्थापना गर्दाको उदाहरण दिँदै सम्पदाको पहिचान र प्रमाणीकरणमा तस्बिरको महत्वपूर्ण भूमिका हुने बताइन् । 

कतिपय अवस्थामा कुन ठाउँको सम्पदा हो भन्ने जानकारीसमेत नहुने भएकाले व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको उनको भनाइ छ । उनले हराएका धार्मिक सम्पदाबारे प्रहरीमा उजुरी दिने अभ्यास पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन् । 

मानिस हराउँदा प्रहरीमा उजुरी गर्ने प्रचलन भए पनि भगवान तथा धार्मिक सम्पदा हराउँदा प्रहरीमा औपचारिक जानकारी गराउने अभ्यास विगतमा कम रहेको उनले बताइन् । तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा गरिएको उजुरीको प्रमाण मागिएको तर त्यसबेला उजुरी गर्नुपर्छ भन्ने चेतना नै नभएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भएको उनले उदाहरण दिइन् । यस्ता घटनाले सम्पदा चोरी हुँदा तत्काल प्रहरीमा उजुरी दिनुपर्ने विषयमा जनचेतना फैलाउनुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ । 

डंगोलले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले चोरी भएका तथा विदेशमा पुर्‍याइएका नेपाली सम्पदाहरू पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप प्रभावकारी बनाउन समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसका लागि कूटनीतिक माध्यम, अन्तर्राष्ट्रिय संघ-संस्था र विदेशस्थित समुदायसँगको सहकार्यलाई थप व्यवस्थित बनाइनेछ । सम्पदा संरक्षण भनेको विद्यमान सम्पदाको संरक्षण मात्र नभई चोरी तथा अवैध ओसारपसार रोक्नु र विदेशमा रहेका सम्पदालाई पहिचान गरी आफ्नै स्थानमा पुन:स्थापना गर्नु पनि हो। यसका लागि सम्पदाको अभिलेखीकरण, फोटो तथा भिडियो संकलन र हराएका सम्पदाबारे प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यासलाई प्रोत्साहन गरिनेछ । एउटा पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी फिर्ता ल्याउन र पुन:स्थापना गर्न सम्भव भएको उदाहरणले अभिलेखीकरणको महत्त्व पुष्टि गरेको छ ।’

महानगरले सम्पदा संरक्षणसम्बन्धी जनचेतना अभियान आफ्नै जनप्रतिनिधि र कर्मचारीबाट सुरु गर्ने भएको छ । त्यसपछि नगर प्रहरी, फिल्डमा खटिने कर्मचारी, गुठी, संघ-संस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म अभियान विस्तार गरिने डंगोलले बताइन् । विशेष गरी सम्पदा संरक्षणका क्रममा सामान्य प्राविधिक ज्ञानको अभावमा पनि क्षति पुग्न सक्ने भएकाले फिल्डमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिम दिनुपर्ने उनको भनाइ छ । कुन सम्पदामा कसरी रङ लगाउने, कहाँ चुनाको प्रयोग गर्ने वा नगर्ने, चैत्यको संरचना र धार्मिक महत्व के हो भन्ने विषयमा समेत कर्मचारीलाई स्पष्ट जानकारी दिनुपर्ने उनले बताइन् । सम्पदा संरक्षणमा स्थानीय समुदायको स्वामित्व र सक्रियता सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै डंगोलले निगरानीका लागि सिसिटिभी क्यामेरा मात्रै पर्याप्त नहुने बताइन् । सम्पदा रहेको क्षेत्रका स्थानीय बासिन्दा नै सचेत र जिम्मेवार भए संरक्षणको काम प्रभावकारी हुने उनको भनाइ छ । महानगरपालिकाले यसका लागि समुदायको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । प्राविधिक ज्ञान भएका विज्ञ तथा सम्पदा संरक्षणमा क्रियाशील संस्थाको सहयोग लिएर महानगरका कर्मचारी र समुदायलाई प्रशिक्षित गरिनेछ । सम्पदा संरक्षणका क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको नमुना फाउन्डेसनसँगको सहकार्यलाई पनि महानगरले महत्व दिएको छ । कार्यवाहक प्रमुख डंगोलले फाउन्डेसनबाट आगामी दिनमा थप प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनले सम्पदा संरक्षणलाई नीतिगत दस्ताबेज र सम्झौतामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताइन् । चोरी भएका सम्पदा पहिचान गर्ने, अवैध ओसारपसार रोक्ने, विदेशबाट फिर्ता ल्याउने, आफ्नै मौलिक स्थानमा पुन:स्थापना गर्ने र पुन:स्थापित सम्पदालाई सुरक्षित राख्ने काम चरणबद्ध रूपमा अघि बढाइने उनको भनाइ छ । 

डंगोलले भनिन्, ‘समझदारी पत्र अनुसार हानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी तथा फिल्डमा काम गर्ने जनशक्तिलाई सम्पदा संरक्षणसम्बन्धी तालिम र जनचेतना प्रदान गरिनेछ। साथै गुठी, संघ-संस्था, टोल सुधार समिति र स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी सम्पदा संरक्षणमा सामुदायिक अपनत्व र सहभागिता बढाइनेछ । यस अभियानमा प्राविधिक संस्थाहरूको सहयोग लिएर सम्पदा संरक्षणका सही विधि र प्रक्रियालाई व्यवहारमा लागू गरिनेछ । चोरी भएका सम्पदालाई स्वदेश फिर्ता ल्याउने, पुरानै स्थानमा पुन:स्थापना गर्ने र दीर्घकालीन रूपमा सुरक्षित राख्ने लक्ष्यसहित महानगरपालिकाले यस अभियानलाई संस्थागत र चरणबद्ध रूपमा अघि बढाउने जनाएको छ ।’

महानगरले सम्पदा संरक्षणको अभियानमा नगर प्रहरीको भूमिका पनि विस्तार गर्ने जनाएको छ । यसअघि कार्यान्वयनमा रहेको ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई थप व्यापक बनाउँदै सम्पदाको सुरक्षा र निगरानीमा नगर प्रहरीलाई परिचालन गरिने डंगोलले बताइन् । महानगरको यो पहलले काठमाडौँ उपत्यकाबाट चोरी भई विदेश पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान, अभिलेखीकरण र स्वदेश फिर्तीका लागि संस्थागत आधार तयार गर्ने अपेक्षा गरिएको छ । 

0 Comments