२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो विश्वयुद्धमा हराएका अमेरिकी सैनिकको अवशेष हिमनदीबाट खोजेर स्वदेश फर्काइँदै

अ अ+ अ-

काठमाडौँ । दोस्रो विश्वयुद्धका क्रममा चीनलाई जापानी आक्रमणविरुद्धको प्रतिरोधमा सहयोग गर्ने क्रममा हराएका अमेरिकी वायुसेनाका सैनिकको अवशेष चीनले खोजेर अमेरिकालाई हस्तान्तरण गरेको छ । 

यसैक्रममा मंगलबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा चिनियाँ र अमेरिकी सेनाबीच आयोजित समारोहमा सैनिकका अवशेष हस्तान्तरण गरिएको हो । दोस्रो विश्वयुद्धका क्रममा ‘हम्प रुट’ क्षेत्रमा बेपत्ता भएका अमेरिकी सैनिकको हुन सक्ने अनुमान गरिएका अवशेष समुन्द्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको हिमनदीबाट फेला पारिएको हो ।

 चीनको सिचुआनस्थित निजी सङ्ग्रहालय चियानछ्वान सङ्ग्रहालयले गठन गरेको खोजी टोलीले दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत न्यिङ्छीका हिमनदीमा खोजी अभियान सञ्चालन गरेको थियो। टोलीले जोखिमपूर्ण हिमाली क्षेत्र, घना जङ्गल र तीव्र गतिमा बग्ने नदी पार गर्दै सैनिकका अवशेष खोजेको थियो ।

 खोजी टोलीका प्रमुख छेरिङ छोद्राककाअनुसार हिमनदीसम्म पुग्ने क्रममा पहाडी भिर, नदी र अस्थायी पुल पार गर्नु निकै जोखिमपूर्ण थियो । कतिपय स्थानमा सडक तथा पुलको सुविधा नभएकाले टोली आफैँले पुल निर्माण गर्ने र डोरीको सहायताले नदी पार गर्ने व्यवस्था मिलाएको थियो । उनकाअनुसार हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। 

सैनिकका अधिकांश अवशेष ढुङ्गामुनि पुरिएकाले खोजी गर्न कठिन भइरहेको छ । पछिल्लो अभियानमा आठ वटा हड्डीका टुक्रा फेला पारिएको उनले जानकारी दिए । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४२ देखि १९४५ सम्म ‘हम्प रुट’ चीनलाई जापानी आक्रमणविरुद्धको प्रतिरोधमा सहयोग पुर्‍याउने मित्रराष्ट्रहरूको सैन्य सामग्री आपूर्तिको महत्त्वपूर्ण हवाई मार्ग बनेको थियो ।

 यस मार्गमा एक हजारभन्दा बढी चिनियाँ तथा अमेरिकी हवाई चालक दलका सदस्यले ज्यान गुमाएका थिए । उच्च हिमाली क्षेत्र र हिमनदीका कारण उनीहरूमध्ये धेरैको अवशेष अझै फेला पर्न सकेको छैन । खोजी टोलीले भने बाँकी सैनिकका अवशेष फेला पार्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । 

चियानछ्वान सङ्ग्रहालयका प्रमुख फान चियानछ्वानले ती सैनिकको योगदान सधैँ स्मरणीय र सम्मानयोग्य रहेको बताए । करिव ८० वर्षअघि चीन र अमेरिकाले फासीवादविरुद्ध सँगै लडेको ऐतिहासिक मित्रतालाई खोजी अभियानले थप जीवन्त बनाउने उनको भनाइ छ । उनले विगतको साझा संघर्षबाट स्थापित मित्रतालाई संरक्षण गर्दै विश्व शान्तिका लागि सहकार्य जारी राख्नुपर्नेमा समेत जोड दिए ।

0 Comments