२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको आसाममा मिनिबस र कन्टेनर ट्रक ठोक्किँदा २६ जनाको मृत्यु

अ अ+ अ-

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य आसाममा मिनिबस र कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । 

शुक्रवार भएको उक्त दुर्घटनामा परी अन्य धेरै यात्रु घाइते भएका छन् । आसामको गोलाघाट जिल्लास्थित काजिरंगानजिकै रोङ्गाजन क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । 

उक्त स्थान आसामको राजधानी दिसपुरबाट करिब २७४ किलोमिटर उत्तर पूर्वमा पर्छ । प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा कलेजका विद्यार्थीहरूसमेत रहेका छन् । विपरीत दिशाबाट आइरहेका दुई सवारीसाधन एक आपसमा ठोक्किँदा मिनिबस पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । ठक्करको प्रभावले बसको अगाडिको भाग नराम्ररी कुच्चिएको र केही यात्रु भित्रै फसेका थिए । 

दुर्घटनापछि उद्धारकर्मी तथा प्रहरीले क्षतिग्रस्त बसभित्र फसेका यात्रुको उद्धार गरेका थिए। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ ।  प्रहरीकाअनुसार मिनिबस गोलाघाटबाट नागाउँतर्फ गइरहेको थियो भने कन्टेनर ट्रक माथिल्लो आसामतर्फ जाँदै थियो । सोही क्रममा दुवै सवारीसाधन आमनेसामने ठोक्किएका हुन् । मिनिबसमा सवार यात्रुको यकिन संख्या तत्काल खुल्न सकेको छैन ।

 यद्यपि प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा ३५ जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण र त्यसमा सवार यात्रुको यकिन संख्याबारे थप अनुसन्धान भइरहेको छ ।

0 Comments