काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले फेरि सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।
काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमाले सरकारमा फर्किएपछि यसअघि अघि सारेका विकासका कामलाई निरन्तरता दिने बताए ।
विगतमा जनताको समर्थन र पार्टीको संघर्षबाटै एमाले सरकारमा पुगेको ओलीको भनाइ थियो । उनले अरू राजनीतिक शक्तिको कृपा वा आशीर्वादमा एमाले सरकारमा पुगेको भन्ने कुरा अस्वीकार गरेका छन् ।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ,’ ओलीले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा पार्टी अडिग रहेको पनि बताए ।





