२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली आक्रोश : ‘केपी ओली, देउवा र ‘प्रचण्ड’लाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?’

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने धम्की दिएको बताएका छन् । 

पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाए । 

राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उनले बताए । राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन उनले चेतावनी समेत र्दिए।

उनले कसैविरुद्ध अपराधको प्रमाण भेटिए कानूनी कारबाही गर्न आग्रह गरे । तर पक्राउ गर्ने धम्की नदिन चेतावनी दिए । 

अध्यक्ष ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै सके सबैलाई थुन्न चुनौती दिए ।

उनले भने, ‘आज एउटा आतंकपूर्ण, त्रासमय आईजीपी, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आइजिपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् इनका ? थुन्दिन्छु रे !  हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलनालाई थुन्दिन्छु, ठट्टा मजाक गर्‍या हो ? तिनी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामीमाथि ? थुने हुन्छन् त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, के हो यो ? हामी मजाकका पात्र हौँ ? ठट्टा जस्तो भएको छ सबलाई । थुन्दिन्छु रे ! प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम गर्‍या प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि । गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १०१ थुनिन्छन् । कसलाई भन्या हो ? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा ? को बाँकी रहन्छ ? सबै थुनिन्छन् भने को चाहिँ बाँकी रहन्छ ? यस्तो गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, मनोवैज्ञानिक आतंक अन्त फिँजाऊ, नेकपा एमाले यस्ता हावादारी कुराहरूबाट यस्ताहरूबाट हल्लिनेवाला पनि छैन, वास्ता गर्नेवाला पनि छैन ।’

उनले एमाले कसैको आतंकबाट नडराउने पार्टी नभएको बताए । उनले गृहमन्त्री विरुद्ध पनि विभिन्न प्रमाणहरू रहेको उल्लेख गरे।

0 Comments