२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्र धाउनुपर्ने काम क्याम्पसमै टुङ्ग्याउन त्रिविको तयारी, १२ क्याम्पस जोडिन बाँकी

अ अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सामान्य प्रशासनिक कामका लागि पनि क्याम्पसहरूले केन्द्रीय कार्यालय धाउनुपर्ने अवस्था हटाउन विकेन्द्रीकरण विस्तारको तयारी अघि बढाएको छ । विश्वविद्यालयले ‘विकेन्द्रीकरण नियम, २०५५’ को अध्ययन गरी यस प्रक्रियामा जोडिन बाँकी १२ आङ्गिक क्याम्पसलाई समेत समेट्ने तयारी गरेको हो ।

उपकुलपति प्रा. डा. भोला थापाका अनुसार क्याम्पस तहबाटै प्रशासनिक निर्णय गर्न सहज बनाउने, शिक्षाको गुणस्तर सुधार्ने र आर्थिक कारोबारमा पारदर्शिता तथा जवाफदेहिता बढाउने उद्देश्यले विकेन्द्रीकरण विस्तार गर्न लागिएको हो ।

यसअघि विकेन्द्रीकरणमा गएका अधिकांश अध्ययन संस्थान र क्याम्पसको ध्यान शैक्षिक सुधारभन्दा आर्थिक अधिकार प्रयोगमा बढी केन्द्रित भएको त्रिविको निष्कर्ष छ । सम्बन्धित निकायले आफूअनुकूल आर्थिक निर्णय गर्दा बेरुजु बढेको उल्लेख गर्दै थापाले अब नियम कार्यान्वयन गर्दा शैक्षिक सुधारलाई पनि अनिवार्य प्राथमिकतामा राखिने बताए ।

क्याम्पस तहमा के-के अधिकार छन् ?
प्रचलित नियमअनुसार अध्ययन संस्थान, सङ्काय, अनुसन्धान केन्द्र र आङ्गिक क्याम्पसले अनुदान पाउँछन् । यी निकायलाई नीति बनाउने, योजना कार्यान्वयन गर्ने, अनुगमन र मूल्याङ्कन गर्ने तथा सामान्य कारबाही गर्ने अधिकार पनि छ । त्रिविको कार्यकारी परिषद्ले तोकेका शुल्कबाहेक अतिरिक्त शुल्क निर्धारण गर्न सक्ने व्यवस्था नियममा छ ।

सम्बन्धित निकायले आफ्नो कुल आम्दानीको ३० प्रतिशत त्रिविको केन्द्रीय कोषमा बुझाउनुपर्छ । बाँकी ७० प्रतिशत आफ्नै कोषमा जम्मा गरी व्यवस्थापन तथा विकास परिषद्बाट बजेट स्वीकृत गराएर खर्च गर्न पाइन्छ ।

आठ क्याम्पस पूर्ण स्वायत्त, १२ जोडिन बाँकी
त्रिविको विवरणअनुसार आठ क्याम्पसले पूर्ण स्वायत्तता पाएका छन् । सात अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र र ४२ आङ्गिक क्याम्पस विकेन्द्रीकरणको अभ्यासमा छन् । मेची बहुमुखी क्याम्पसलाई त्रिविको विवरणमा पूर्ण स्वायत्त र विकेन्द्रीकृत दुवै सूचीमा राखिएको छ ।

पूर्ण स्वायत्तता पाएका क्याम्पस
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरान
आयुर्वेद क्याम्पस, कीर्तिपुर
महेन्द्ररत्न क्याम्पस, ताहाचलजन प्रशासन क्याम्पस, बल्खु
पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार
मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ
विकेन्द्रीकरणको अभ्यासमा रहेका अध्ययन संस्थान र अनुसन्धान केन्द्र

इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशुविज्ञान अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) ।

विकेन्द्रीकरणमा गएका आंगीक क्याम्पस
अमृत साइन्स क्याम्पस, नेपाल कमर्श क्याम्पस, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, लमजुङ क्याम्पस र पक्लिहवा क्याम्पस ।

विराटनगर नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, मेची बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श क्याम्पस, स्नातकोत्तर क्याम्पस (विराटनगर), महेन्द्र बहुमुखी क्याम्पस (धरान), ठाकुरराम क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, भक्तपुर क्याम्पस र पाटन संयुक्त क्याम्पस ।

त्रिचन्द्र बहुमुखी क्याम्पस, पृथ्वीनारायण क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस (पाल्पा), महेन्द्र बहुमुखी क्याम्पस (दाङ), महेन्द्र बहुमुखी क्याम्पस (नेपालगन्ज), धनकुटा बहुमुखी क्याम्पस, सानोठिमी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस, वनविज्ञान अध्ययन संस्थानका पोखरा र हेटौँडा क्याम्पस, गोरखा क्याम्पस र डोटी बहुमुखी क्याम्पस ।

विकेन्द्रीकरणमा जोडिन बाँकी क्याम्पस
भोजपुर बहुमुखी क्याम्पस, भोजपुर
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज
सूर्यनारायण सत्यनारायण मोरवेता यादव बहुमुखी क्याम्पस, सिरहा
रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर
सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाडौँ
ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौँ
रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ
जुम्ला बहुमुखी क्याम्पस, जुम्ला
डडेलधुरा क्याम्पस, डडेलधुरा
विश्वविद्यालय क्याम्पस, कीर्तिपुर
गौरादह कृषि क्याम्पस, झापा
चितवन इन्जिनियरिङ क्याम्पस

0 Comments