३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास योजना र विपद् व्यवस्थापनमा भौगोलिक अध्ययन उपयोग गर्न जोड

अ अ+ अ-

कीर्तिपुर । विकास योजना तर्जुमा गर्दा बस्तीको वितरण, पूर्वाधारमा नागरिकको पहुँच र विपद् जोखिमलाई आधार बनाउन भूगोलविद्हरूले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागमा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा उनीहरूले प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण संरक्षण र सार्वजनिक नीति निर्माणमा पनि भौगोलिक अध्ययनको उपयोग बढाउनुपर्ने बताएका हुन् ।

कार्यशालामा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा. डा. भीमप्रसाद सुवेदीले जनसङ्ख्या र प्राकृतिक स्रोतको वितरण, पूर्वाधारमा पहुँच तथा क्षेत्रीय असमानताको विश्लेषण गरेर विकास योजना बनाउनुपर्ने बताए । क्षेत्रअनुसार फरक आवश्यकता र पहुँचलाई ध्यानमा राख्दा विकासलाई सन्तुलित र समावेशी बनाउन सकिने उनको भनाइ थियो ।

भूगोल केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. नरेन्द्रराज खनालले हिमाली क्षेत्रमा पूर्वाधार तथा विकास योजना बनाउँदा त्यहाँको भौगर्भिक अवस्था र विपद् जोखिमको वैज्ञानिक अध्ययन गर्नुपर्ने बताए । उनको प्रस्तुति जलवायु परिवर्तन, भौगर्भिक सक्रियता र मानवीय गतिविधिले हिमाली भू(दृश्यमा ल्याएका परिवर्तनमा केन्द्रित थियो ।

नेपाल भौगोलिक समाजले आयोजना गरेको कार्यशालामा अन्तर्राष्ट्रिय भौगोलिक सङ्घकी अध्यक्ष प्रा. नथाली लेमार्शाँ र उपाध्यक्ष प्रा. अनिन्दिता दत्तले भूगोल शिक्षा तथा अनुसन्धानमा अन्तर्राष्ट्रिय अनुभव र सहकार्यका सम्भावनाबारे धारणा राखेका थिए ।

त्रिविको मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा. डा. दुबिनन्द ढकालले उच्च शिक्षामा अनुसन्धानको गुणस्तर सुधार, अन्तरविषयक अध्ययन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको महत्त्व औँल्याए । भूगोल केन्द्रीय विभागका प्रा. डा. केदार दाहालले विभागका शैक्षिक गतिविधि, अनुसन्धानका प्राथमिकता र संस्थागत उपलब्धिबारे प्रस्तुति दिएका थिए ।

समाजका अध्यक्ष प्रा. डा. प्रेमसागर चापागाईंले नेपालमा भएका भौगोलिक अध्ययनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक सञ्जालसँग जोड्नुपर्ने बताए । कार्यशालापछि सहभागीहरूले काठमाडौँ उपत्यकाको भू–आकृति र सांस्कृतिक सम्पदाबारे बुझ्न चोभार गल्छी र काठमाडौँ दरबार क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।

0 Comments