काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पाँच पृष्ठको अपिल जारी गर्दै आगामी महाधिवेशनमा नेतृत्वका लागि अघि सर्न पार्टीका युवालाई आग्रह गरेका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका शाहीले पार्टीमा पुस्तान्तरण र रूपान्तरणका लागि युवाले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।
वर्षौँदेखि पार्टीमा सक्रिय रहेर पनि अवसर र जिम्मेवारी नपाएका युवालाई सम्बोधन गर्दै शाहीले अपिलमा भनेका छन्, ‘अब चुप लागेर नबस्नुहोस्।’ उनले ३० वा ४० प्रतिशतको आश्वासन दिएर युवालाई नेतृत्वबाट टाढा राख्ने प्रवृत्तिप्रति सचेत रहन पनि आग्रह गरेका छन्।
विचार र राजनीतिक मान्यता नमिल्ने दलसँग पटक-पटक चुनावी तालमेल गर्दा राप्रपा कमजोर भएको शाहीको भनाइ छ। पार्टीको विचार र सिद्धान्तभन्दा सत्ता, पद र केही सिटलाई प्राथमिकता दिने प्रवृत्ति अन्त्य गर्न आगामी महाधिवेशन निर्णायक बन्नुपर्ने उनले बताएका छन्।
शाहीले राप्रपा आफ्नै विचार, सिद्धान्त र राजनीतिक पहिचानका आधारमा अघि बढ्नुपर्ने धारणा राखेका छन्। ‘अब राप्रपा कसैको चुनावी गोटी बन्ने छैन,’ उनले अपिलमा भनेका छन्।
पुर्णपाठ :










