४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल सुरक्षाका लागि नीति र कानुन बनाउने सरकारको योजना

अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा र साक्षरता बढाउन सरकारले दीर्घकालीन नीति र आवश्यक कानुन बनाउने बताएका छन्। 

शुक्रबार मन्त्रालयमा संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिसँगको भेटमा उनले सुरक्षित, पहुँचयोग्य र समावेशी डिजिटल समाज निर्माणका लागि संस्थागत संरचना र राष्ट्रिय क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए।

भेटमा सूचना प्रमाणीकरण, व्यक्तिगत गोपनीयताको संरक्षण तथा बालबालिका, महिला र जोखिममा रहेका समुदायको डिजिटल सुरक्षाबारे छलफल भएको थियो। मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने गलत सूचना र दुष्प्रचार पहिचान गर्न सम्बन्धित निकायको क्षमता बढाउनुपर्ने बताए। उनले यससम्बन्धी नीति र कानुन बनाउँदा जिम्मेवार सूचना प्रवाह, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले कोशी र मधेश प्रदेशमा डिजिटल साक्षरता बढाउने, स्थानीय तहको क्षमता विकास गर्ने र डिजिटल माध्यमबाट सूचना प्रवाह तथा नागरिक सहभागिता बढाउने कार्यक्रम चलिरहेको जानकारी गराए। उनीहरूले प्रदेश र स्थानीय तहमा मिडिया साक्षरता, तथ्यजाँच र भरपर्दो सूचना छुट्याउने क्षमता विकासका कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखे।

प्रतिनिधिहरूले विद्यालयको पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्न, समुदायस्तरमा सूचना तथा सञ्चारसम्बन्धी चेतना बढाउन र डिजिटल माध्यमको सुरक्षित प्रयोगका लागि संस्थागत क्षमता विकास गर्न सहकार्य गर्न सकिने बताएका थिए। भेटमा घृणास्पद अभिव्यक्ति र भ्रामक सामग्रीको पहिचान तथा नियन्त्रणका साथै साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनबारे पनि छलफल भएको थियो।

मन्त्री तिमिल्सिनाले डिजिटल सुरक्षा र सूचना साक्षरताका क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायसहित अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटमा नेपालका लागि युनेस्को प्रतिनिधि याको डु टोइ, संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयकी शान्ति तथा विकास सल्लाहकार जेनीन फर्नान्डो, युनेस्कोको सञ्चार तथा सूचना क्षेत्र प्रमुख निर्जना शर्मा र यूएनडीपीका कार्यक्रम विश्लेषक टेक तामाता सहभागी थिए।

0 Comments