काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार मोरङको विराटनगरस्थित रानी पुगेका छन्। त्यहाँ उनले एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को स्थलगत अवलोकन गरेका हुन्।
राजस्व संकलनका आधारमा विराटनगर भन्सार कार्यालय देशभरका भन्सार कार्यालयमध्ये तेस्रो स्थानमा छ।





