६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

अ अ+ अ-

वीरगञ्ज । गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यसै अवधिमा विभिन्न घटनासम्बन्धी मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२ जना पक्राउ गरिएको छ । त्यस अवधिमा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीसम्बन्धी आठ, आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

सोही अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दासँग सम्बन्धित ८५ जना पक्राउ परेको उहाँले बताए । अदालतले उनीहरूबाट रु ३२ लाख सात हजार ६३२ जरिवाना असुल गर्न पर्ने निर्णय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गत कात्तिकमा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक-एक,  बैङ्किङ कसुरका १४, ठगी र मुद्रासम्बन्धी दुई-दुई वटा घटना जिल्लामा दर्ता भएका छन् ।

त्यस्तै, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले त्यस अवधिमा १४ वटा मुद्दा दर्ता गरेको र त्यसमा संलग्न भएको अभियोगमा १७ जनालाई पक्राउ गरेको छ । त्यस क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको जनाइएको छ ।

त्यसै गरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ । गत महिना लागुऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले ३१ वटा कार्यक्रममार्फत ५१४ जनालाई सचेतना दिलाएको छ ।

प्रहरीले पछिल्लो समयमा अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न जिल्लाका विभिन्न स्थानमा सिसिटिभी जडान, ‘क्युआर’ तथा ‘डिजिटल’ निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई चुस्त तुल्याएको जानकारी दिएको छ ।

त्यस्तै, ‘मोबाइल क्विक रेस्पोन्स’ टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको ‘कमान्ड’मा ‘चेकिङ’ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

पछिल्लो समय प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिको विगतका घटनामा संलग्नताका आधारमा ३५ वटा ‘प्रोफाइल’ पनि तयार गरेको प्रवक्ता मल्लले जानकारी दिए । 

0 Comments