६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिन दलहरूले भूमिका खेल्नुपर्छ’: माधव नेपाल

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिनको लागि राजनीतिक दलहरूले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । 

आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन्। 

उनले अमेरिका लगायतका देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेश गरेको भन्दै आफूहरू आत्तिन नहुने समेत बताए । उनले दलहरू र जनताबीचको दूरी कम गर्न लोकतान्त्रिक शक्तिहरुबीच सहकार्यको आवश्यक रहेको पनि बताए । 

उनले मुलुकको आन्तरिक मामिलामा कुनैपनि देशले हस्तक्षेप नगरोस् भन्नका लागि समाजवाद र एक चीन नीतिको पक्षमा आफूहरू रहेको पनि बताए । उनले चीनले अंगालेको समाजवाद विश्वकै लागि अध्ययनको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै चीनको समाजवादी व्यवस्था र राज्य सञ्चालनका अनुभव नेपालका लागि पनि उपयोगी हुने बताए । उनले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन नेता तथा कार्यकर्ताको सक्रियता आवश्यक रहेको पनि बताए। 

उनले भने,‘हामी समाजवादको पक्षमा छौँ, एक चीन नीतिको पक्षमा छौँ । हामी देशको आन्तरिक मामिलामा कुनैपनि देशले हात नहालुन् भन्ने पक्षमा रहेका छौँ । यही क्रममा अहिले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय बैठकबाट एउटा महत्वपूर्ण निर्णय र प्रस्ताव पनि पारित गरेको छ । त्यसकारण चीनको समाजवाद विश्वको निम्ति अहिले अध्ययनको एउटा महत्वपूर्ण विषय समेत भएको छ । पार्टीदेखि राज्य सञ्चालनसम्मका चिनियाँ अनुभवहरू हाम्रो लागि पनि काम गर्ने कुरा नै हुन्छन् । यो सबै परिप्रेक्ष्यमा विश्वको राजनीति पनि सकारात्मक दिशामा गइराखेको छ भने देशको आन्तरिक राजनीति पनि अनावश्यक गलत दिशामा नजाओस् भन्ने सन्दर्भमा भूमिका खेल्नुपर्ने अवस्था छ । अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्ने केही पनि छैन । मुख्यतः हामी जनतासँग जोडिनुपर्छ र लोकतान्त्रिक शक्तिहरूसँग समेत हातेमालो गदै अगाडि बढ्नुपर्छ । मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने कुरामा केन्द्रित हुने भएको कारणले अहिले सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ । यसरी हामी वामपन्थी शक्तिहरूलाई मिलाउनको लागि पनि कोसिस गर्नेछौँ । हामी सबैसँग एकता गर्नेछौँ तर एकता गर्दा २०७५ साल जेठ ३ गतेको जस्तो नहोस् भन्ने कुरामा पनि विचार पुर्‍याउनेछौँ । पार्टी सञ्चालनको क्रममा रहेका गल्तीहरू सच्याउने काम पनि गर्नेछौँ ।’

उनले वामपन्थी शक्तिहरूबीच एकता प्रयास जारी राख्ने तर विगतको एकता प्रक्रियामा भएका कमजोरी दोहोरिन नदिन सचेत हुनुपर्ने समेत बताए ।

0 Comments