काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।
नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल र भारतबीचको सम्बन्धका विभिन्न आयाम तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल भएको हो।
भेटवार्तामा विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, व्यापार, पारवहन, वाणिज्य तथा ऊर्जा क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको छ।
त्यसैगरी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयले पनि भेटमा प्राथमिकता पाएको छ।
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरले नेपाल-भारतबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्।






