७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सिता बादीद्वारा सुन्धारास्थित गेस्ट हाउसमा राउटे समुदायसँग भेटघाट

अ अ+ अ-

काठमाडौं। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यहरूलाई उनीहरू बसेकै सुन्धारास्थित गेस्ट हाउसमा पुगेर भेटघाट गरेकी छन्।

भेटमा मन्त्री बादीले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा आत्मीय संवाद गरेकी हुन्।

यसअघि सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर उनीहरूको जीवनशैली र समस्या बुझ्ने अवसर पाएकी मन्त्री बादीलाई त्यसबेला समुदायका सदस्यहरूले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री तथा काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए।

त्यही भेटको सम्झना गर्दै राउटे समुदायका सदस्यहरू काठमाडौं आएको जानकारी पाएपछि मन्त्री बादी उनीहरूलाई भेट्न पुगेकी हुन्। भेटघाटका क्रममा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायतका आवश्यक सामग्री उपहारस्वरूप प्रदान गरिन्।

मन्त्री बादीले दिएको सम्मान र सामग्रीप्रति राउटे समुदायका सदस्यहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनीहरूले आफूहरूले पाएका जुत्ता, साडी तथा अन्य सामग्रीबारे बस्तीमा फर्किएपछि समुदायका अरू सदस्यहरूलाई समेत सुनाउने बताएका छन्।

भेटमा प्रधानमन्त्री र मन्त्री बादीको तस्बिर देखाउँदा राउटे समुदायका सदस्यहरूले प्रधानमन्त्री बालेन शाहलाई आन्दोलनपछि चिनेको र मन्त्रीलाई अघिल्लो भ्रमणकै बेलादेखि चिनेको बताउँदै खुसी व्यक्त गरेका थिए। मन्त्री बादीले उनीहरूसँग हातमा नाम लेखेर आत्मीयता साटासाट गर्दा भेटघाट थप रमाइलो बनेको थियो।

भेटघाटका क्रममा राउटे समुदायको बसोबास र मृत्युसंस्कारसँग जोडिएको परम्पराबारे पनि छलफल भएको थियो। राउटे समुदायका सदस्यहरूले आफ्नो समुदायमा कसैको मृत्यु भएमा बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्टि गर्ने, मृत्युसंस्कारपछि सातदेखि बाह्र दिनसम्म किरिया बस्ने र त्यसपछि पुरानो बसोबास छाडेर अर्को स्थानमा बसाइँ सर्ने परम्परा रहेको जानकारी गराएका थिए। एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेपछि पनि विभिन्न कारणले पुनः स्थान परिवर्तन गर्ने चलन रहेको उनीहरूले सुनाए।

यस्तो निरन्तर बसाइँसराइले खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्राप्त गर्न असहज भएको सन्दर्भमा छलफल भएको थियो।

मन्त्री सिता बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको इतिहास र यस समुदायको संस्कृति तथा परम्पराको सम्मान गर्दै यसको संरक्षण र प्रवर्द्धनमा नेपाल सरकार लागिरहेको बताइन्। उनीहरूको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त अन्न, विशेष गरेर बालबालिका, गर्भावस्थामा रहेका महिला, एकल महिला तथा ज्येष्ठ नागरिकको पोषण र राउटे समुदायको जीवनस्तर सुधारका लागि सरकारले गरिरहेको प्रयत्नमा थप के गर्न सकिन्छ भन्ने विषयमा उनले सुझाव मागिन्।

राउटे समुदायका सदस्यहरूले आफूहरू पनि जीवनशैलीमा सकारात्मक परिवर्तन चाहेको र बिस्तारै शिक्षा, स्वास्थ्य र आवासमा परिवर्तन भइरहेको तर त्यसका लागि समुदायका अग्रज र मुखियालाई बुझाउन आवश्यक रहेको बताएका थिए। यससँगै उनीहरूले बस्तीको सुरक्षाका लागि प्रहरी परिचालनमा समन्वय गर्ने, बालबालिका तथा युवालाई खेलकुदका सामग्री उपलब्ध गराउने र विभिन्न स्थानको भ्रमण गराउने विषयमा थप आवश्यकता रहेको बताएका थिए। यस विषयमा मन्त्री बादीले सम्भावनाबारे पनि छलफल गरेकी थिइन्।

मन्त्री बादीले राउटे समुदायको आवश्यकता बुझेर सम्बन्धित निकायसँग समन्वय गर्दै शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, सामाजिक सुरक्षा र जीविकोपार्जनका विषयमा थप काम गर्नुपर्ने बताइन्। मन्त्री बादीले उनीहरूको स्वतन्त्र इच्छा, सहभागिता र सहमतिका आधारमा परिवर्तनका सम्भावनाबारे छलफल गर्नुपर्नेमा जोड दिइन्। उनले राउटे समुदायको परम्परागत सीप र कलाको संरक्षणसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको बजार पहुँच विस्तार गर्नु आवश्यक रहेको बताइन्। राउटे समुदायको पहिचान जोगाउँदै उनीहरूको जीवन सहज बनाउने विषयमा सरकार र समुदायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको मन्त्री बादीको भनाइ छ।

भेटघाटको अन्त्यमा मन्त्री बादीले राउटे समुदायका सदस्यहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा दिइन्। मन्त्रीको निमन्त्रणाप्रति खुसी व्यक्त गर्दै उनीहरूले मन्त्रालयमा आउने बताएका छन्।

सल्यानको बस्तीमा भएको भेटदेखि काठमाडौँको होटलसम्म आइपुगेको यो संवादले राउटे समुदायको मौलिक कला संरक्षण, सुरक्षित आवास र आधारभूत सेवामा पहुँचका विषयलाई पुनः चर्चामा ल्याएको छ।

0 Comments