७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गरेका हुन् ।

नेपाल-भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत रु. ९२ अर्ब ६७ करोड रहेको छ । निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल र भारतबीच ऊर्जा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ ।

आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले नि:शुल्क प्राप्त गर्नेछ । आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई नि:शुल्क हस्तान्तरण गरिने व्यवस्था छ ।

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत विकास भइरहेको हो । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता सम्पन्न भएको थियो ।

आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ । अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याई थप विद्युत् उत्पादन गर्ने योजना छ ।

आयोजना निर्माणका लागि जग्गा अधिग्रहण तथा प्रभावित परिवारलाई मुआब्जा वितरणको काम अघि बढाइएको छ । आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवार रहेकामा हालसम्म २५३ परिवारलाई करिब रु ९९ करोड ९८ लाख मुआब्जा वितरण गरिएको आयोजना विकास कम्पनीले जनाएको छ ।

आयोजनाबाट नेपालले नि:शुल्क ऊर्जा, रोयल्टी, कर तथा अन्य आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ । निर्माणका क्रममा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

0 Comments