७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम-अयोध्या रेलवे सेवा उद्घाटन

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम-अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले आज भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका छन् ।

अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ । उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै सञ्चालन हुने यो रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीचको सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।

‘जनकपुरधाम-अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल भारतको बिहारस्थित जयनगर रेल्वे स्टेसन हुँदै नेपाल प्रवेश गर्नेछ । रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्ट स्टेसनमा यात्रु चढाउने तथा ओराल्नेछ ।

रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ । जनकपुरधामबाट अयोध्या क्यान्टसम्म जाने रेलको नम्बर १५५९५ र अयोध्या क्यान्टबाट जनकपुरधाम आउने रेलको नम्बर १५५९६ निर्धारण गरिएको छ ।

नकपुरधामबाट अयोध्या जाने रेल शनिबार दिउँसो १:१० बजे प्रस्थान गरी आइतबार बिहान अयोध्या क्यान्ट पुग्ने तालिका छ । त्यस्तै, अयोध्या क्यान्टबाट सोमबार साँझ ५:५० बजे प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम पुग्नेछ । नेपालका रेल स्टेसनमा तोकिएका समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार तालिका हेर्नुपर्नेछ ।

अयोध्या भगवान् रामको जन्मस्थल र जनकपुरधाम माता सीताको जन्मस्थलका रूपमा धार्मिक महत्त्व बोकेका स्थान हुन् । रामायण परम्पराअनुसार यी दुई स्थानबीच वैवाहिक सम्बन्ध जोडिएको मानिन्छ । नयाँ रेल सेवाबाट धार्मिक पर्यटक, आफन्त भेटघाटका लागि यात्रा गर्ने व्यक्ति, विद्यार्थी र व्यवसायी लाभान्वित हुनुका साथै पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि भारतबाट रेलमार्फत जनकपुरधाम जाने यात्रुले बिहारको जयनगर पुगेर सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने व्यवस्था थियो । नयाँ सेवाबाट आवश्यक सीमासम्बन्धी जाँच पूरा गरेपछि एउटै रेलमा यात्रा जारी राख्न सकिने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

0 Comments