७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउटे समुदायको सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग, आवश्यक व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

परम्परागत काष्ठकला, भाषा र मौलिक जीवनशैली जोगाउँदै आयआर्जन तथा सामाजिक सुरक्षाका कार्यक्रम अघि बढाउन राउटे प्रतिनिधिहरूको आग्रह।

अ अ+ अ-

काठमाडौँ । लोपोन्मुख राउटे समुदायका प्रतिनिधिहरूले आफ्नो मौलिक पहिचान, परम्परागत सीप र संस्कृति संरक्षणका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भएको भेटमा प्रतिनिधिहरूले राउटे समुदायको परम्परागत जीवनशैली जोगाउँदै सामाजिक सुरक्षा र दिगो आयआर्जनका अवसर उपलब्ध गराउन आग्रह गरेका हुन्।

भेटमा समुदायका प्रतिनिधिहरूले विशेष गरी परम्परागत काष्ठकला तथा हस्तकलाको संरक्षण र प्रवर्द्धन, राउटे भाषा तथा संस्कृतिको जगेर्ना र समुदायको आर्थिक जीवनमा सुधार ल्याउने विषय उठाएका थिए।

छलफलमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको सांस्कृतिक पहिचान र पुस्तौँदेखि अभ्यास हुँदै आएका सीप संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताए। यसका लागि आवश्यक पहल अघि बढाउन सरकार सकारात्मक रहेको उनको भनाइ थियो।

उनले समुदायको परम्परागत सीपलाई आयआर्जनसँग जोड्न स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

राउटे समुदायको भाषा, कला र मौलिक जीवनशैली संरक्षणसँगै आवश्यक सामाजिक सुरक्षाको व्यवस्था मिलाउने दिशामा काम गर्नुपर्नेमा पनि श्रेष्ठले जोड दिए।

कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले समुदायका माग सम्बोधनका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक मन्त्री सीता वादीलाई निर्देशनसमेत दिएका छन्।

भेटमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र मन्त्री वादीको समेत उपस्थिति थियो।

राउटे प्रतिनिधिहरूले आफ्नो परम्परागत पहिचान कायम राख्दै सीपको प्रवर्द्धन, सामाजिक सुरक्षा र जीविकोपार्जनका अवसर विस्तार गर्न राज्यको सहयोग आवश्यक रहेको बताएका थिए।

0 Comments