८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सम्पन्न

अ अ+ अ-

काठमाडौँ । अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले सम्पन्न भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल सकिएको हो ।

अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीले आजको समितिको बैठकले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको जानकारी दिए । 

उनले विधेयकका मुख्य प्रावधानमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन, आर्थिक गतिविधिमा सहजीकरण तथा समयसापेक्ष नरहेका कानुनी व्यवस्थाको खारेजी गर्ने प्रावधान समेटिएको बताए । 

समितिको बैठकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई विधेयकले प्राथमिकता दिएको उल्लेख गरिएको छ । समितिले विधेयकमाथि दफावार छलफल सम्पन्न गरी संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकले विधेयकसम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशनसमेत दिएको छ । 

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका सहभागी थिए।

0 Comments