८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपिएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेलको फ्रेन्चाइज टोलीसँग छलफल

अ अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) लाई होम एण्ड अवेमा गर्नका लागि आवश्यक पक्षबारे फ्रेन्चाइज टोलीसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा मन्त्री पोखरेलले आठ वटै फ्रेन्चाइज टोलीका मालिकसँग होम एण्ड अवेको अवधारणामा एनपिएल आयोजना गर्ने सम्भाव्यताबारे छलफल गरेका हुन् । 

मन्त्री पोखरेलले फ्रेन्चाइज टोलीका मालिकसँग पछिल्लो तीन संस्करणको अनुभव लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले होम एण्ड अवेमा एनपिएल गर्न अहिले प्रारम्भिक चरणमा छलफल भएको बताए । होम एण्ड अवे आवश्यक भएपनि कुन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने महत्वपूर्ण रहेको क्यानका सचिव पारसको भनाइ छ । जहिल्यै पनि उत्साह र भावनालाई नियन्त्रण गर्नुपर्ने आफ्नो मान्यता रहँदै आएको नेपालका पूर्वकप्तानसमेत रहेका पारसले बताए । 

क्यानका सचिव पारस खड्काले भौगोलिक क्षेत्र अनुसार कहाँ कस्तो स्टेडियममा आवश्यक हुन्छ भन्ने महत्वपूर्ण रहेको धारणा राखेका छन् । स्टेडियम निर्माणका लागि स्थानीय निकायको समन्वयनमा फ्रेन्चाइज टोलीको भूमिका रहन्छ या रहँदैन भन्ने बारे पनि छलफल भएको पारसले बताए । बैठकमा सहभागी भएका क्यानका सचिव पारसले दुई तीन वर्षमै आठ वटै क्षेत्र स्टेडियममा बनाउन सम्भव नरहेको तर कम्तीमा २/३ वटा स्टेडियम निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । एनपिएल मात्र नभएर अन्य राष्ट्रिय प्रतियोगिता पनि प्राथमिकतामा रहनुपर्ने उनको भनाइ छ । केही समय पछि नै विश्वकप छनोटको प्लेअफ हुने र अर्को वर्ष बंगलादेश नेपाल आउने जस्ता कार्यक्रममा हुन लागेकाले स्टेडियममा क्षमता बढाउने आवश्यक रहेको क्यानका सचिव पारसले औँल्याए ।

यो पहिलो चरणको छलफल भएको पारसले उल्लेख गरे । सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा भए पनि स्टेडियम आवश्यक रहेको एनपिएल आयोजनाकै दौरान देखिएको उनको भनाइ छ । मूलपानी क्रिकेट बनाउन २०–३० वर्षदेखि काम भइरहेको र सकेसम्म चाडै सकाउनुपर्ने उनी बताउँछन् । गौतमबुद्ध रंगशालाको काम पनि टुङ्गो लगाउनुपर्ने उनले उल्लेख गरे । तथापि सरकारको सबै पैसा क्रिकेटमा नै खर्च गर्नुपर्छ भन्न पनि नहुने उनी बताउँछन् । नेपालको अन्तर्राष्ट्रिय क्रिकेट काठमाडौं बाहिर लैजान आवश्यक रहेको उनले बताए । केही वर्षमा नेपालको ३-४ वटा अन्तर्राष्ट्रि क्रिकेट स्टेडियम हुनुपर्ने क्यानका सचिव पारसले बताएका छन् ।

सिंहदरबारमा बसेको बैठकमा क्यान सचिव पारस खड्का र आठ वटै फ्रेन्चाइज टोलीका मालिक सहभागी थिए । सबैले आआफ्ना विचार पनि राखेका थिए । 

0 Comments