८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई कारवाही

अ अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारवाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रूपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारवाही गरेको हो ।

अनुगमनका क्रममा ठूला आवाजमा संगीत बजाएर सञ्चालन गरिएका रेस्टुरेण्ट तथा बार, विना दर्ता सञ्चालित स्पा, अन्त:शुल्क दर्ताविना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटकलाई ठगी गर्ने डान्सबार सञ्चालक गरी २२ जनालाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले जानकारी दिए ।

गत शुक्रबार गरिएको अनुगमनका क्रममा पहिचान गरिएका रेस्टुरेण्ट तथा बार सञ्चालकलाई पत्राचार गरी जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो । प्रशासनले उनीहरूलाई आगामी एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न तथा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

विना दर्ता सञ्चालन भइरहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डंगोलले जानकारी दिए ।

ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्मा नेतृत्वले तयार गरी जिल्ला सुरक्षा समिति काठमाडौँबाट स्वीकृत भएको ठमेललाई २४ सै घण्टा सञ्चालन सम्बन्धी आचारसंहिता एवम् सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० लाई कार्यान्वयन गर्दै लैजाने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुगमनलाई तीव्रता दिएको हो ।

अन्त:शुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा सामान जफत गरी एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको छ ।

सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिमध्ये केहीलाई सम्झाई बुझाइ गरी छाडिएको र केहीलाई भने प्रहरी भ्यानमा राखेर नियन्त्रणमा लिइएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।

ठमेलभित्र रातको समयमा ठूला आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । अनुगमनका क्रममा सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने नाममा अनैतिक गतिविधि सञ्चालन गर्नेलाई हटाइएको नगर प्रहरीले जनाएको छ ।

डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायका नाममा विशेष गरी भारतीय पर्यटक तथा पाहुनालाई ठगी गर्ने र कुटपिटमा सङ्लग्न व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको महासचिव कँडेलले बताए ।

अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकम फिर्ता गराइएको छ । व्यवसाय सञ्चालनका नाममा पर्यटकलाई अनावश्यक रूपमा अत्यधिक रकम असुल्ने प्रवृत्तिमाथि प्रशासनले निगरानी बढाएको छ । 

0 Comments