काठमाडौँ । सल्यानका युवा अभियन्ता युवराज खड्काले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत सल्यानका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले बुधबार खड्कालाई सफाइ दिने फैसला गरेको हो ।
काठ तस्करीको आरोपसम्बन्धी विषय सामाजिक सञ्जालमा उठाएपछि खड्काविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत मुद्दा दायर भएको थियो ।
बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम तथा काठ व्यवसायी तोजवीर बुढाथोकी र हस्त जिएमको उजुरीका आधारमा खड्काविरुद्ध मुद्दा दायर भएको थियो ।
फैसलापछि प्रतिक्रिया दिँदै खड्काले यस्ता विषयमा अझ सशक्त रूपमा आवाज उठाउने र गलत कामका विरुद्ध बोल्न नछाड्ने बताएका छन् । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।






