काठमाडौँ । लोक सेवा आयोगले लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले बुधबार सूचना प्रकाशन गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विज्ञापन नम्बर ६४-६५/०८०-०८१ (खुला र मधेशी), प्रशासन सेवा, लेखा समूह, अधिकृत स्तर तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विज्ञापन नम्बर ६३/०८०-०८१ (आ.प्र.), प्रशासन सेवा, लेखा समूह, अधिकृत स्तर तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।







