१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्सफर्मर जडान नगरी ४२ लाख भुक्तानी गरेको भन्दै गाउँपालिका अध्यक्षले नै दिए अख्तियारमा उजुरी

कृषि विद्युतीकरण आयोजनाको सम्झौता रकममध्ये करिब ७५ प्रतिशत भुक्तानी भइसक्दा पनि काम अधुरै रहेको भन्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्षले भुक्तानी प्रक्रियामाथि छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अ अ+ अ-

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले कृषि विद्युतीकरण आयोजनाअन्तर्गत सात स्थानमा ट्रान्सफर्मर जडान नै नगरी ४२ लाख रुपैयाँ भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

अध्यक्ष महतोले २०८३ मंसिर ९ गते अख्तियारको बर्दिबास कार्यालयलाई सम्बोधन गरी लेखेको उजुरी पत्रमा ठेक्का सम्झौताअनुसार बाँकी काम तत्काल सम्पन्न गराउन तथा काम नै नभएको शीर्षकमा रकम भुक्तानी गरिएको विषयमा छानबिन गरी दोषीलाई नियमानुसार कारबाही गर्न माग गरेका छन् ।

प्रशासनलाई प्राप्त उजुरीअनुसार चन्द्रनगर गाउँपालिका र बाराको कलैया-१ स्थित रिषभ भगवान जेभीबीच कृषि विद्युतीकरण आयोजना (ठेक्का नम्बर सीआरएम/एनसीबी/०१/२०८१/८२) सञ्चालनका लागि २ करोड ३ लाख ३६ हजार ५५० रुपैयाँ ५९ पैसाको ठेक्का सम्झौता भएको थियो । उक्त रकममध्ये निर्माण व्यवसायीले २०८३ असार मसान्तसम्म १ करोड ५३ लाख ६ हजार २९ रुपैयाँ ५६ पैसा भुक्तानी लिइसकेको उजुरीमा उल्लेख छ ।

सम्झौता रकमको करिब ७५ प्रतिशत भुक्तानी भइसक्दा पनि निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरेको तथा २०८३ साउनदेखि मंसिर ७ गतेसम्म बाँकी काम सुरु नगरेको उजुरीमा उल्लेख छ ।

किसानहरूबाट व्यापक जनगुनासो आएपछि अध्यक्ष महतोले मंसिरको पहिलो साता गाउँपालिकाको लेखा शाखामा रहेको आयोजनाको भुक्तानीसम्बन्धी फाइल मागेर अध्ययन गरेका थिए । त्यस क्रममा काम नै नभएका शीर्षकमा समेत ठूलो रकम भुक्तानी गरिएको भेटिएको उनको दाबी छ ।

उजुरी अनुसार २०८३ असार मसान्तसम्मको दोस्रो रनिङ बिलमा गाउँपालिकाका सात स्थानमा जडान गर्नुपर्ने १०० केभीए क्षमताका ट्रान्सफर्मर जडान नै नगरी सो शीर्षकमा ४२ लाख रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ । अख्तियारीप्राप्त कर्मचारीहरूले गलत प्राविधिक मूल्याङ्कन गरी निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी गरेको अध्यक्ष महतोको आरोप छ ।

आयोजनाको रकम भुक्तानी गर्दा गाउँपालिका अध्यक्ष वा कार्यपालिकालाई कुनै जानकारी नदिइएको तथा कर्मचारीहरूसँग पटक–पटक बैठक बस्दा पनि उक्त सूचना उपलब्ध नगराइएको उजुरीमा उल्लेख छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कार्यस्थलमा एक जना पनि कामदार नरहेको भन्दै अध्यक्ष महतोले २०८३ भदौ २५ गते पत्रमार्फत समयसीमाभित्र काम सम्पन्न गर्न ताकेता गरेका थिए । त्यसपछि पनि काम अघि नबढेको, अध्यक्ष स्वयंले सयौँ पटक फोन गर्दा निर्माण व्यवसायीले फोन नउठाएको र पत्राचार गर्दा समेत सम्पर्कमा नआएको उजुरीमा उल्लेख छ । सम्बन्धित कर्मचारीहरूलाई पटक–पटक ताकेता गर्दा पनि उनीहरूले आवश्यक चासो नदिएको अध्यक्ष महतोको आरोप छ ।

विद्युत् पोल गाडिए पनि ट्रान्सफर्मर जडान नहुँदा विद्युत् प्रवाह हुन नसकेको, किसानलाई खेतमा सिँचाइ गर्न कठिनाइ भएको र हजारौँ किसान तथा नागरिकले लाखौँ रुपैयाँ बराबरको बालीनालीको क्षति व्यहोर्नुपरेको उजुरीमा उल्लेख छ । सम्झौताअनुसार काम सम्पन्न नगरी रकम भुक्तानी लिएको विषयमा व्यक्तिगत लाभका लागि राज्यको स्रोत दुरुपयोग गरिएको आरोपसमेत अध्यक्ष महतोले लगाएका छन् ।

उनले निर्माण व्यवसायीलाई सम्झौताअनुसार बाँकी सम्पूर्ण काम तत्काल सुरु गराई यथाशीघ्र सम्पन्न गर्न लगाउन तथा काम नभएको शीर्षकमा गलत प्राविधिक मूल्याङ्कन गरी रकम भुक्तानी गरिएको विषयमा छानबिन गरेर दोषीलाई नियमानुसार कारबाही गर्न अख्तियारसमक्ष माग गरेका छन् ।

उजुरीपत्रसँगै दोस्रो रनिङ बिल भुक्तानीसम्बन्धी स्रेस्ता फाइलको छायाप्रति र १०० केभीए क्षमताका ट्रान्सफर्मर जडान गर्नुपर्ने सात स्थानका २०८३ मंसिर ७ गतेका तस्बिरहरू संलग्न गरिएको उल्लेख छ ।

0 Comments