काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई अवगत गराएका हुन् ।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच अन्य समसामयिक विषयमा समेत छलफल भएको छ ।








