११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । 

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो । 

दुवै देशका प्रधानमन्त्रीले नेपाल-भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । 

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको बताए । स्थापित सीमा संयन्त्रहरूमार्फत कूटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयको समाधान प्रक्रिया अघि बढाइने जनाइएको उनले बताए। 

उनले भने, ‘सीमा सम्बन्धी विषय ज्वाइन्ट भिजन डकुमेण्टमा पनि समावेश भएको छ । दुई प्रधानमन्त्रीज्युहरुले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमास्तम्भहरुको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ । विद्यमान सीमा सम्बन्धी जुन विषय छ । सो कार्य अघि बढाउन परराष्ट्र सचिव र विदेशसचिवज्युहरुलाई निर्देशन दिइसक्नुभएको छ । दुई देशबीच स्थापित सीमा सम्बन्धी संयन्त्रहरूमार्फत कूटनीतिक हल निकाल्न दुवै पक्षको प्रतिबद्धता जाहेर भएको छ । दुवै पक्षलाई अनुकूल हुने समयमा परराष्ट्रसचिव र भारतीय विदेश सचिवस्तरीय बैठक बसी सीमा सम्बन्धी थाँती रहेका विषयहरूको कूटनीतिक समाधानको प्रक्रिया अघि बढ्नेछ ।’

ईपीजी प्रतिवेदन प्रधानमन्त्रीहरूसमक्ष पेस हुने विश्वास
नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने विश्वास सरकारले व्यक्त गरेको छ । ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए । दुवै पक्षको सहमति अनुसार ईपीजी प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेस गर्ने कार्यतालिका रहेको सरकारले जनाएको छ । दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न समय प्राप्त हुने विश्वाससमेत व्यक्त गरिएको बताए ।

ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा छ । 

प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि सरकारले जनाएको छ ।

उनले भने, ‘इपिजी सम्बन्धी विषयलाई माननीय परराष्ट्रमन्त्रीज्युले उक्त राजकीय भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन पत्रकार सम्मेलन गरेका थियौँ, त्यहाँ स्पष्ट पारिसकेका छौँ । इपिजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरको कारणले उक्त प्रतिवेदन राखिएको साँचो परराष्ट्रसचिवज्युलाई मिति २०८३ जेठ २१ गते हस्तान्तरण गर्नुभएको छ । त्यसअघि नै दुवै पक्षको सहमतिअनुसार उक्त प्रतिवेदन सुरुमा भारतका महामहिम प्रधानमन्त्री र नेपालका सम्माननीय प्रधानमन्त्री समक्ष पेस गर्ने कार्यतालिका रहेको विषय जानकारी नै छ । इपिजीले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीज्युहरु समक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ । सो समयसम्म इपिजी गठन हुनुका मूलभूत उद्देश्यहरू थिए, ती दुई पक्षीय विषयलाई दुवै पक्षले संयुक्त रूपमा ती सम्बन्धी कामलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो विश्वास छ । हालैको सम्माननीयज्युको भारत भ्रमणको परिप्रेक्ष्यमा नेपाल भारत सम्बन्धलाई समय सापेक्ष समग्रतामा अघि बढाउन ज्वाइन्ट भिजन डकुमेण्टले दिशा निर्देशन गरिसकेको छ ।’

नेपाल र भारतबीच जारी संयुक्त भिजन डकुमेण्टमा दुई देशको सम्बन्धका विभिन्न आयाम समेटिएको प्रवक्ता क्षेत्रीले बताए । त्यसमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार र समन्वय गरिसकेको उनले जानकारी दिए । 

उनले भने, ‘दुई देश नेपाल र भारतबीच ज्वाइन्ट भिजन डकुमेण्ट दुवै पक्षले जारी गरेका छन् । त्यसले नेपाल र भारत सम्बन्धका विभिन्न पाटाहरूलाई समेटेको छ । ती पाटाहरूलाई कार्यान्वयनको चरणमा लैजान हाम्रो साउथ एसिया महाशाखाबाट सम्बन्धित निकायहरूमा पत्राचार र समन्वय भइसकेको छ ।’

प्रधानमन्त्री वालेन्द्र साहले मंसिरको ६ र ७ गते भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलन गर्दै संयुक्त ज्वाइन्ट भिजन डकुमेण्ट सार्वजनिक गरेका थिए ।

0 Comments