११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङका जिसस प्रमुखलाई साबिककै काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

अ अ+ अ-

काठमाडौँ । पार्टी परिवर्तन गरेको ठहरसहित निर्वाचन आयोगले पदमुक्त गरेका जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईलाई साबिककै कामकाजमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट छाता चुनाव चिह्न लिएर निर्वाचित जिसस प्रमुख राई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि जसपाले उनलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

जसपा केन्द्रीय समितिको सिफारिसका आधारमा आयोगले मङ्सिर २ गते राईसहित खोटाङका आठ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको थियो । गत कात्तिक १२ गते जसपाले पठाएको पत्रका आधारमा आयोगले कारबाही गर्दा जिसस प्रमुख राईलाई आफ्नो पक्ष राख्ने अवसरसमेत नदिएको भन्दै सर्वोच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म साबिककै कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतले पदमुक्त गर्नुको कारण र सबुद प्रमाणसहितको म्याद तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न पनि निर्वाचन आयोगलाई आदेश दिएको छ । राईका तर्फबाट अधिवक्ताहरू राजीवजंग शाह, राजु चापागाईँ र सूर्यबहादुर पौडेलले शुक्रबार सर्वोच्च अदालतमा बहस गरेका थिए ।

पदमुक्त भएका जिसस प्रमुख राई हाल नेकपाको केन्द्रीय सदस्य छन् । निर्वाचन आयोगले मङ्सिर ३ गते सार्वजनिक गरेको सूचनाअनुसार जसपाबाट निर्वाचित केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० का वडाध्यक्ष मुगाधन राई, वडा सदस्यहरू कल्पना राई, दलित महिला सदस्य गीता विश्वकर्मा, सहमणि राई र रामधन राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको थियो ।

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गुरुराज राई र वडाध्यक्ष मुगाधन राई श्रम संस्कृति पार्टीमा प्रवेश गरिसकेका छन्। नगर कार्यपालिका सदस्य दर्नाल भने अशोक राई नेतृत्वको जसपामा आबद्ध भएका छन् ।

सहणमणि राई र कल्पना राई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा रामधन राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट निर्वाचित भएका थिए। वडा तहका सबै जनप्रतिनिधिको पद रिक्त भएपछि उक्त वडा जनप्रतिनिधिविहीन बनेको छ ।

आफूले दिएको मतका आधारमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा नहुँदै प्राविधिक कारणले पद रिक्त हुँदा स्थानीयवासी समस्यामा परेको बताइएको छ । निर्वाचन आयोगको निर्णयपछि सिंगो वडा जनप्रतिनिधिविहीन भएपछि नगरप्रमुख तीर्थराज भट्टराईले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गरेका छन् ।

यता, नेकपा जिल्ला समिति खोटाङले तत्कालीन गठबन्धनबीच भएको राजनीतिक सहमति उल्लंघन गरी जसपाले जननिर्वाचित प्रतिनिधिलाई पदमुक्त गराएको भन्दै आपत्ति जनाएको छ । नेकपाले जसपाको निर्णयलाई सहमति उल्लंघन र राजनीतिक बेइमानीको संज्ञा दिँदै निर्णय सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

0 Comments