१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित

अ अ+ अ-

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको लिग चरणको खेलमा एनआरएनएलाई हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यस जितसँगै गण्डकीले दुई अंक जोडेको छ ।

टस जितेर पहिले बलिङ गरेको गण्डकीले एनआरएनएलाई १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२५ रनमा समेटेको थियो ।

एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए । उनले ३२ बलमा पाँच चौका प्रहार गरे । नवीन तामाङले २३ बलमा २६ र आदित्य महताले १४ बलमा २३ रन जोडे । कप्तान कमलसिंह ऐरी सात रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक पाँच रनमा अविजित रहे ।

जवाफमा १२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

गण्डकीका ईश्वर क्षेत्रीले २७ बलमा दुई चौका र तीन छक्कासहित ३२ रन बनाए । वंश क्षेत्रीले अविजित २९ रन जोड्ने क्रममा २७ बलमा तीन चौका प्रहार गरे । त्यस्तै, सिब्रिन श्रेष्ठले १३ बलमा २४ र सन्दीप खत्री क्षेत्रीले नौ बलमा १४ रन बनाए । रोहित चन्द एक रनमा अविजित रहे ।

यसअघि गण्डकी समूह चरणको पहिलो खेलमा मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।  

0 Comments