युवाको विकास, हकहित र नीतिगत कार्यका लागि नियुक्त परिषद्का १७ सदस्यलाई मन्त्री रामजी यादवद्वारा शपथ ग्रहण ।
काठमाडौँ । राष्ट्रिय युवा परिषदमा नवनियुक्त १७ जना सदस्यले शपथ ग्रहण गरेका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री एवं परिषद्का अध्यक्ष रामजी यादवले उनीहरूलाई शपथ गराएका हुन् ।
युवाको वृद्धि तथा विकास, हकहित संरक्षण र युवासम्बन्धी नीतिगत कार्यका लागि मन्त्रालयले हालसम्म परिषदमा २० जना सदस्य नियुक्त गरेको छ ।
आज नियुक्त भई शपथ ग्रहण गर्ने सदस्यहरूमा सुशीला चौधरी, रितेश अधिकारी, मो. नाइम राईन, राजेन्द्र अधिकारी, सरफोज खान, अलिया हक, पासाङ डोल्मा गुरुङ, सञ्जिता श्रेष्ठ र सबनम सुनार छन् ।
त्यस्तै, प्रेमलक्ष्मी मल्ल, नेत्रबहादुर सिंह तामाङ, सेसेल्स राई, सफल शर्मा, निश्चल चन्द, लक्ष्मी पाण्डे, बिना मल्लिक र जेलिसा कठायतले पनि परिषद् सदस्यको शपथ लिएका छन् ।







