१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको अधिवेशन हिमाली जिल्लाबाट सुरु हुने, पुस १८ भित्र प्रदेश अधिवेशन सक्ने तयारी

हिमाली जिल्लामा मंसिर २४ र २५ तथा अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने तयारी, निर्वाचन समितिले सोमबार कार्यतालिका सार्वजनिक गर्ने ।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले हिमाली जिल्लाबाट जिल्ला अधिवेशन सुरु गरी आगामी पुस १८ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि पार्टी सभापति गगनकुमार थापाले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको जानकारी दिएका छन् ।

प्रदेश अधिवेशन भने पुस १२ देखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी छ । पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू सातवटै प्रदेशको अधिवेशनमा उपस्थित भई सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले प्रदेशअनुसार एक–दुई दिनको अन्तरमा अधिवेशन आयोजना गरिने थापाले बताएका छन् ।

हिमपातको सम्भावना र प्रतिकूल मौसमलाई ध्यानमा राखेर हिमाली जिल्लाको अधिवेशन अन्य जिल्लाभन्दा अगाडि गर्न लागिएको हो । बाँकी जिल्लामा भने निर्धारित मितिमै एकसाथ अधिवेशन सञ्चालन गर्ने तयारी छ ।

विशेष परिस्थिति वा बाध्यता उत्पन्न भए सम्बन्धित जिल्ला कार्यसमितिसँग परामर्श गरी निर्वाचन समितिले अधिवेशनको मितिमा सामान्य हेरफेर गर्न सक्नेछ ।

जिल्ला तथा प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गर्नेछ ।

0 Comments