९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलागिरि अञ्चलमा दुई दिन विद्युत् सेवा ठप्प

अ+ अ-

पर्वत । विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि साविक धवलागिरि अञ्चलमा दुई दिन विद्युत् सेवा ठप्प पारिने भएको छ । भोलि चैत २ र ३ गते गरी दुई दिनसम्म पूर्णरूपमा विद्युत् लाइन काटेर नयाँ ट्रान्सफर्मर परिवर्तन गर्न थालिएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले भोलि बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहने जानकारी गराएको छ ।

नेपाल विद्युत् प्राधिकरण मोदीखोला जलविद्युत् केन्द्रको स्वीचयार्डमा हाल जडानमा रहेको १५ एमभिए क्षमताको ट्रान्सफर्मरको स्थानमा ३० एमभिए क्षमता भएको ट्रान्सफर राख्न लागिएकाले ३३ केभी सवस्टेशनबाट विद्युत्को प्रसारण पूर्णरूपमा बन्द गरेर काम गरिने पर्वत वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिए ।

चौधरीले पर्वत जिल्लासहित बागलुङ, म्याग्दी र मुस्ताङमा पनि विद्युत् सेवा बन्द हुने भएको बताए ।

लगातार २ दिन विद्युत् बन्द हुँदा धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्ने भए पनि ट्रान्सफर्मर परिवर्तनका लागि विद्युत् बन्द नगरी काम नहुने भएकाले बाध्यताका कारण विद्युत् बन्द गरेर काम गर्नुपर्ने भएको चौधरीले जानकारी दिए ।

विद्युत् लाइन कटौती भएको समयमा यस क्षेत्रका बासिन्दालाई पर्न जाने असरप्रति प्राधिकरणले क्षमायाचना गर्दै उक्त समयमा वैकल्पिक व्यवस्था अपनाउन पनि सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस