२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले हटायो सातै प्रदेशका प्रमुख

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ ।

पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा.गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) छन् ।  उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।

निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो ।