२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावका लागि पर्याप्त समय छ : आयोग, कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले चुनाव गराउन पर्याप्त समय रहेको बताएका छन् । शनिवार बिहान आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच निर्वाचनका बारेमा भएको छलफलका क्रममा चुनाव गराउन पर्याप्त समय रहेकाले तोकेकै समयमा निर्वाचन गराउन सकिने आयोगका पदाधिकारीहरूले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बिहान आयोगका पदाधिकारीहरुलाई बालुवाटारमै बोलाएर कानुनी, आर्थिक र कर्मचारी व्यवस्थापनको तयारी गर्न आग्रह गरेका थिए । साथै उनले चुनावको तयारीका लागि सरकारले पूर्ण सहयोग गर्ने गर्ने समेत बताए ।

शुक्रवार मध्यराति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन मिति घोषणा गरेकी छन् ।

निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन अर्था चार महिना तोकिएको छ । २०७४ सालको निर्वाचन ९५ दिनभित्रै निर्वाचन गराएको जानकारी गराउँदै कानुनीरुपमा सरकारले तोकेको निर्वाचन समय पर्याप्त रहेको छलफलमा सहभागी निर्वाचन आयोगका आयोगका एक अधिकारीले बताए ।

यसंगरी निर्वाचन सम्बन्धी केही कानुन संशोधन गर्नु पर्ने जानकारीसमेत आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई गराएका थिए । केन्द्र, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै कानुन भए पनि धेरैजसो बुँदाहरू दोहोरिएकाले त्यसलाई मिलाउनुपर्ने आवश्यकता उनीहरूले औँल्याएका थिए ।