१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेपलाञ्चोकका किसानमा हिउँले ल्याएको खुशी

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन ।

बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ ।

जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ । हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली सप्रिने आशामा छन् यहाँका किसान ।

करिब दुई दिनससम्म परेको हिउँका कारण यातायात ठप्प भएपछि हिँडेर ढुङ्खर्क बजार पुग्नुभएका बोथानचोक गाउँपालिका–१ च्यामम्राङबेँसी कलङसिका दुर्गप्रसाद हुमागाईले बूढाबूढीका लागि कष्टकर भए पनि अब लगाउने अन्न बाली फस्टाउने आशामा रहेको बताए ।

हिमपातका कारण यातायातका साधन नचलेकाले करिब साढे दुई घण्टा हिँडेर शनिबार ढुङ्खर्क बजारमा खाद्यान्न र मरमसला किन्न आइपुगेका उनले अलि मन खिन्न बनाएर भने, ‘बारीमा लगाएको तोरी, जौँ, गहुँ सबै नष्ट गर्यो ।
बारीमा सेताम्य भएर छोपेको हिउँको थुप्राले सबै बाली नष्ट भए पनि अब गर्ने खेती सप्रिन्छ होला ।’

विसं २०६१÷६२ तिर परेको हिउँको सम्झना गर्दै उनले अहिले त्यसपछिको धेरै हिउँ परेको समय भएकाले केही क्षति व्यहोर्नु परे पनि अब गर्ने खेती राम्रो हुने बताए ।

बेथानचोक गाउँपालिका–३ का ठाकुर तिमल्सिनाले हिउँ परेपछि जमिन चिसो हुने र खेतीपातीका लागि राम्रो हुने बताए । ‘केही क्षति त सहनै पर्छ, तर अब आउने दिन हामी किसानका लागि हिउँले धेरै खुशी ल्याएको छ’, उनले भने, ‘पाकेको बाली र उम्रँदै गरेको बाली हिउँले थिचेपछि त सबै सखाप हुन्छ, तर अब गर्ने खेती निकै राम्रो हुन्छ ।’

बिहीबार रातिदेखि परेको हिमपातका कारण जिल्लाका उच्च भागमा असर परेको छ । जिल्लाको कोसीपारिको अग्लो भाग भूम्लु गाउँपालिकाको चौबासडाँडा, तेमालको नारायणस्थानलगायत रोशी र बेथाचनोकको अग्लो भाग महाभारत क्षेत्रका अधिकांश भू–भागमा हिउँ परेपछि चिसो बढेको हो ।

अग्लो भू–भाग भएको बेथानचोकको कामीडाँडा, बेथानचोक नारायणस्थानका डाँडा अझै पनि हिउँले ढाकिएका छन् । हिउँ परेपछि पर्यटकीय क्षेत्र बोथानचोक नारायणस्थानडाँडा र ढुङ्खर्क, गोवभञ्ज्याङलगायतका ठाउँमा शनिबार विभिन्न ठाउँबाट हिउँ खेल्न जानेको भीड थियो ।

प्रतिक्रिया दिनुहोस